ग्वंगचुलीको हिउँ मूलत: नेपाली प्रकृति र संस्कृतिबाटै परिपोषित कृतिका रूपमा हाम्रा सामु आइपुगेको छ । तिनले हामीलाई कहिले मेचीमा त कहिले सुदूर पश्चिममा पुऱ्याउँछन्, कहिले पहाडमा त कहिले तराईमा घुमाउँछन् । कहिले गाउँले बस्तीहरूमा त कहिले सहर पुऱ्याएरतिनले हाम्रो ज्ञानको सीमालाई तन्काउँछन् । तिनले नेपालका कुनाकुनालाई प्रत्येक नेपालीका मुटुका अंश बनाउन र अनेक जात, धर्म, भाषा, वेशभूषा, रहनसहन र भूगोलका नेपालीलाई पारस्परिक प्रेमले सिञ्चन गर्न खुराक पस्कन्छन् ।
प्र.डा. जीवेन्द्रदेव गिरी
नियात्रा नितान्त निजात्मक अनुभूतिमा घोलिएको हुनुपर्छ भन्ने धेरै विद्वान्को अभिमत देखिन्छ । किनभने निजात्मक अनुभूतिमा घोलिन नसकेको यात्रा वखान नियात्रा बन्न सक्दैन । नियात्राको प्राण नै निजात्मकता हो । अतः यात्री स्वयम्को निजात्मकता घोलिएको नियात्रा औधी मिठो लाग्छ मलाई । त्यसैले म नियात्रामा विचरण गर्ने जमर्को गर्छु, नियात्रामा रमाउन चाहन्छु र नियात्रा लेखनमा उन्मुख हुनपुग्छु ।
नियात्राकार तेज
Gwangachuliko Hiu – Tejprakasha Shrestha
Reviews
There are no reviews yet