Gorkhali Birata Ra Shasakiya Chakari – Prem Aale

गोर्खाली वीरता र शासकीय चकारी – प्रेम आले

500

Out of stock

Restock Email Notification

SKU: Gorkhali Birata Ra Shasakiya Chakari - Prem Aale Categories: , Tag:

प्रथम विश्वयुद्धताका पटकपटक गरेर झण्डै १६,५०० नेपाली सेनाले ब्रिटिशको पक्षमा लडेका थिए । तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्रसमशेर जबरा पनि ब्रिटिशप्रति अत्यन्त अनुगृहीत थिए । त्यस्तै दोस्रो विश्वयुद्धमा पनि झण्डै ८,००० नेपाली सेनाले बर्मिज फ्रन्टमा जापानी दुस्मनविरुद्ध लडेका थिए ।’ ‘यो आफ्नो शासन लम्ब्याउने नेपाली शासकहरूको गुलामी थियो कि देशहितका लागि गरेको कुटनीति थियो ? जे होस्, नेपाली तथा गोर्खाली सेनाका कारण नेपाली भूमिमा इस्ट इन्डिया कम्पनीका बुट्स बजारिनबाट रोकिएको चाहिँ पक्कै हो ।…’ (‘नेपाली सेनाको इतिहास र योगदान’ शीर्षकको एक अङ्श)
…ब्रिटिश फौजमा जस्तै भारतीय फौजमा पनि गोर्खाली कुनै फौजभन्दा कमी छैन । यसबाट पनि पुष्टि हुन्छ कि साहसीपन, वीरता र अनुशासन गोर्खालीको रगतमा हुन्छ, न कि यी गुणहरू अरू कसैले गोर्खालीहरूमा जबर्जस्त भरिदिएको हो । चाहे ती नेपाली फौजका गोर्खाली हुन् या सिंगापुर या ब्रुनाईका गोर्खाली हुन्, उनीहरू सबैमा यी गुणहरू निहित हुन्छन् । अब यसलाई प्रमाणित गरिरहनुपर्दैन ।…’ (भारतीय फौजका गोर्खालीहरू शीर्षकको एक अङ्श)
…छाती नपाएर ‘लाहुरे’ बनेकाहरू हुन् वा अन्य पेसामा बाहिरिएका लाहुरेहरू हुन्, उनीहरूले कमाएर पठाएको पैसाले देशको अर्थतन्त्रलाई मजबुत बनाएको कुरामा दुईमत छैन । तर देशको दक्ष युवा जनशक्तिलाई विदेश जान बाध्य गराएर नेपालले बोकेको आर्थिक समृद्धिको सपना पूरा हुन सक्दैन ।’ ‘यो यथार्थलाई हृदयङ्गम गरी ‘नयाँ नेपाल’ निर्माण गर्नका लागि समस्त नेपालीहरूले काँधमा काँध मिलाउनुपर्छ । अनि देशको नेतृत्व वर्गले पनि सबैलाई समेटेर लैजानका लागि कदम चाल्न ढिलो गर्नुहुँदैन ।…’ (‘लाहुरे प्रथाले राष्ट्रियता बलियो बन्ला ?’ शीर्षकको एक अङ्श)

Gorkhali Birata Ra Shasakiya Chakari – Prem Aale

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    The History of Philosophy
    Remove
    Shop Ratna Online
    Right Menu Icon