Ghaite Pandulipi – Kanhaiya Nasnani

घाइते पाण्डुलिपि– कन्हैया नासननी

400

Availability: 5 in stock

SKU: Ghaite Pandulipi Categories: , Tag:

अकस्मात् सुइँय्यँ गर्दै आकाशबाट पृथ्वीमा झरेको एउटा तारोमा सुरभिको आँखा पर्यो । तिनले त्यसलाई अशुभ सङ्केत ठानिन् । तिनले शिर उठाएर आकाशमा हेरिन् । तिनलाई आकाश टाढा हुँदै गएको जस्तो लाग्यो । प्रत्येक रात सघन तमिस्राको आवरणमा पृथ्वीलाई भोगिसकेपछि आकाश त्यसरी छुट्टिएर टाढा हुने गर्छ । तिनलाई यस्तो पनि लाग्यो, एउटै तारोको स्खलनपछि पृथ्वी भोग्न असमर्थ भइसकेको आकाश पृथ्वीको अँगालोबाट फुत्केर भेट्टाउनै नसक्ने गरी टाढा भइसकेको छ । अर्को रातका लागि शक्ति सञ्चय गर्न आकाश त्यसरी उम्केर टाढा हुने गर्छ । अब आफ्ना सारा चन्चलता र चपलता गुमाइसकेकी पृथ्वी शान्त, सन्तुष्ट र स्थिर छिन् । अनायास एउटा त्रासलाग्दो आशङ्का र कल्पनाले सुरभिलाई भयभित तुल्यायो । तिनकी छोरी कृष्टी पनि पृथ्वी भइरहेकी अथवा भइसकेकी होली । ऊ पनि आफ्ना सारा चन्चलता र चपलता गुमाएर शान्त, सन्तुष्ट र स्थिर भइसकेकी होली । अब सुरभिले चिन्ता नलिए पनि हुन्छ ।
Ghaite Pandulipi – Kanhaiya Nasnani

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Lost In Transition
    Remove
    Shop Ratna Online
    Right Menu Icon