तीसको दशकको शुरूदेखि साहित्ययात्रा आरम्भ गरेका अमर शाह सुपरिचित कथाकार र कवि हुन् । पाँच दशकदेखि साहित्य सिर्जनामा संलग्न भए पनि बीचबीचमा सिर्जन कर्मबाट विश्राम लिए जस्तो लाग्ने अमर शाहले थोरै लेखेर पनि नेपाली कथा र कविता क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाएका छन् । उनी आफ्नो समयसँग गम्भीर सम्वाद गर्ने र सामाजिक विकृति र विसङ्गतिलाई आलोचनात्मक चेतनासहित शक्तिशाली काव्यात्मक अभिव्यक्ति दिने यथार्थवादी कवि र कथाकार हुन् । भविष्यप्रतिको आस्था र
आम मानिसप्रतिको पक्षधरता, स्वतन्त्रता चेत, उज्यालो समाज रूपान्तरणप्रतिको प्रतिबध्दता उनको लेखनको मूल स्वर हो । फरक फरक समय र सन्दर्भमा लामो कालखण्डमा रचना गरिएका भए पनि यस सङ्ग्रहमा सङ्कलित कविताले वर्तमान समय र सन्दर्भको समेत प्रतिबिम्वन गर्छन् । यो नै अमर शाहका कविताको शक्ति र सफलता हो ।
समसामयिक विषयवस्तुलाई सरल भाषा र शैलीमा प्रस्तुत गरी पाठकलाई कवितामा डोऱ्याउदै लग्नु र पाठकको मस्तिष्क झङ्कृत हुने गरी प्रभावकारी रूपमा कविताको मूल सन्देश सम्प्रेषण गर्नु अमर शाहका कविताको विशेषता हो ।
धुल्खर्क, दार्मा-३, सल्यानमा जन्मेका शाहले पशु चिकित्सा विज्ञानमा भारतबाट स्नातक र अस्ट्रेलियाबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । निजामती सेवाबाट निवृत्त उनी हाल साहित्य सिर्जनामा सक्रिय छन् ।
गाउँ छाडेको मान्छे
Gaun Chhadeko Manche – Amar Shah
Gaun Chhadeko Manche – Amar Shah
गाउँ छाडेको मान्छे– अमर शाह
₨400
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet