Euta Sapanako Awasan – Biplab Pratik

यौटा सपनाको अवसान – विप्लव प्रतिक

400

Availability: 5 in stock

SKU: Euta Sapanako Awasan Categories: , Tags: ,

सन् १९४९ मा पुलित्जर पुरस्कार जितेको ‘डेथ अफ अ सेल्सम्यान’ (यौटा सपनाको अवसान) लाई आज पर्यन्त क्लासिक नाटकका रूपमा लिईन्छ । अर्थर मिलरले आफ्ना पात्रहरूलाई द्विआयामी रूपमा चित्रण गर्न ईन्कार गरेका छन् । यसो गर्नुमा निहित छ नाटकमा विद्यमान बौद्धिक अपील- त्यो हो पूँजीवादमाथि एकतर्फी विवादात्मक हमलामा आफूलाई संलग्न गराउनबाट ईन्कारी । समीक्षकहरू समेत ‘डेथ अफ अ सेल्सम्यान’ लाई सामाजिक समीक्षाको श्रेणीमा राख्ने या त्रासदकथा वा साधारण मनोवैज्ञानिक अध्ययनको श्रेणीमा राख्ने भन्ने कुरामा एकमत हुन सकेका छैनन् । त्यसैले आवश्यकतानुसार प्रत्येक व्यक्तिले नाटकबारे निजी धारणा बनाउन सक्नेछन् ।
सेल्सम्यान एउटा मेटाफोर हो । प्रत्येक व्यक्ति सेल्सम्यान हो र प्रत्येक व्यक्ति सपना देख्न खोज्छन् । सपना देखेपछि सपनाको अवसान हुन्छ । र, प्रत्येक सपनाको अवसानपछि अर्को सपनाको उदय पनि हुन्छ । आशाको संसारमा पुग्न निराशाको दुनियाँमा कुशलतापूर्वक सयर गराएका छन् मिलरले पाठकलाई र दर्शकलाई ।
विभिन्न भाषा र मुलुकमा मञ्चन भएको यस नाटकले दुनियाँभरिका दर्शकबाट प्रशंसा पाएको तथ्यलाई हेर्दा किन नभन्नु कि नाटकमा बुनिएका विषय र द्वन्द्व विशिष्ट रूपमा अमेरिकी समाजको कहानी मात्र होईन, विश्व समाजकै गाथा हो ।
Euta Sapanako Awasan – Biplab Pratik

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon