हाम्रो पूर्वीय दर्शन, संस्कृति र वाङ्मयभित्रको विशिष्ट विधाको रूपमा रहेको वास्तु विद्यासम्बद्ध गहनतम र महत्वपूर्ण ज्ञानलाई हालको आधुनिक पद्धतिसँग समेत समन्वय गरी प्रकाशित हुन लागेको युवा ज्योतिषी, वास्तुविद् एवं पण्डित दिवाकर पन्तद्वारा लिखित यस कृति ‘दिव्य वास्तु विज्ञान, वास्तु विद्याको क्षेत्रमा जानकारी लिन चाहने सबैका लागि उपयोगी र पठनीय हुने विश्वास लिएको छु ।
श्री शेरबहादुर देउवा
प्रधानमन्त्री
समस्त मानव समुदायको सर्वाङ्गीण उन्नति प्रगति र सुख शान्तिको उद्देश्य लिई यो ‘दिव्य वास्तु विज्ञान’ नामक अपूर्व ग्रन्थको निर्माण भएको छ । वेद, स्मृति, पुराण, ज्योतिष, धर्मशास्त्र, रामायण, महाभारत, बौद्धग्रन्थ र पाश्चात्य वास्तुशास्त्रसमेतको गहन अध्ययन, शोधखोज र अनुसन्धानका आधारमा यो ग्रन्थ निर्माण भएको छ । यसमा वर्णित सबै विषयहरू शास्त्रमा आधारित छन् र व्यवहारोपयोगी पनि छन् ।
प्रा. श्रीकृष्ण अधिकारी
अध्यक्ष, नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति
जीवनभरको कमाइ गलत ठाउँमा नपरोस्, आफ्नो घरमा कलह नहोस्, आफ्नो घरको वास्तु मिलेको होस् भन्ने चाह पछिल्लो पुस्तामा व्यापक मौलाउँदै आएको छ । तसर्थ आर्किटेक्ट-इन्जिनियरहरू पनि वास्तुका पक्षमा खोज अन्वेषण गर्न थालेका छन् । यसै पृष्ठभूमि र आवश्यकतालाई सम्बोधन गर्ने पक्षमा वास्तुशास्त्रको सरल, विस्तृत एवम् प्रयोगात्मक पक्षलाई उठान गरिएको कृति हो- दिव्य वास्तु विज्ञान |
प्रा.डा. भागवत ढकाल
प्राचार्य, वाल्मीकि विद्यापीठ
Dibya Vastu Bigyan – Diwakar Panta
Dibya Vastu Bigyan – Diwakar Panta
दिव्य वास्तु विज्ञान – दिवाकर पन्त
- Dibya Vastu Bigyan
- Diwakar Panta
- Goodwill Prakashan
- Nepali
- 297 pages
₨590
Availability: 5 in stock
Weight | 0.5 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet