तत्कालीन भकुण्डे गाउँ पञ्चायत (हाल- बाग्लुङ नगरपालिकाअन्तर्गत पानीकटेरी) मा पिता हर्कदेव पाठक र माता रेवतीदेवी पाठकको कनिष्ठ सुपुत्रका रूपमा विक्रमाब्द २०१५ साल माघ २० गते जन्मिएका छविलाल पाठक अचेल सैनामैना नगरपालिका, रूपन्देहीमा बसोवास गर्नुहुन्छ ।
उहाँ विद्यालय तहमा अध्ययनरत रहँदादेखि नै साहित्यप्रति रूचि राख्नुहुन्थ्यो । फुटकर कथा, कविता, निबन्ध, नियात्राहरू लेखिरहने पाठकका केही रचना पत्रिका तथा अनलाइन पोर्टलहरूमा प्रकाशित छन् ।
उहाँले करिब ३२ वर्ष नेपाल सरकारको कर्मचारीको रूपमा सेवा गरेर २०७१ सालमा स्वेच्छिक अवकाश लिनुभयो । अवकाशपछि उहाँ केही सामाजिक काममा संलग्न हुनुका साथै भाषा, साहित्य, धर्म-संस्कृति, इतिहास, भूगोल, समाजशास्त्र, मानवशास्त्र, दर्शनशास्त्रजस्ता विविध विषयका अध्ययन र लेखनमा क्रियाशील रहँदै आउनुभएको छ । यो पाठकको पहिलो साहित्यिक कृति हो ।
Dhaulagiri Chhayamuni – Chhabilal Pathak
Dhaulagiri Chhayamuni – Chhabilal Pathak
धौलागिरि छायामुनि– छविलाल पाठक
₨599
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet