नेवारी कला-संस्कृति, गीत-संगीत अत्यन्तै धनि र सम्बृद्ध भएता पनि यस प्रति सरकारी तह तथा जनमानसमा चासो घट्दै जांदा, बिगतमा नेवारी कला संस्कृति मासिदै गएको कुरा नकार्न सकिन्न । तर अहिलेको समय जनमानसमा आफ्नो इतिहास र चिनारी प्रतिको वढ्दो झुकाव, लगाव र सुचेतनाले फेरी नेवारी कला संस्कृतिमा नयाँ सास भर्ने काम हुँदै आएको छ । यही क्रममा युवा कलाकार यचु शाक्य पनि आफ्नो चिनारी खोज्दै, नेवारी बाजा संगीतको अनुसन्धानका साथ-साथै बाजा सिक्ने, बजाउने र आफूले जानेका बुझेका विषय सबै संग बाड्न सकिन्छ भन्ने विश्वासका साथ धाः बाजाको पुस्तक निकाल्दै हुनुहुन्छ । यस पुस्तकमा यचु शाक्यले धाः बाजाको चिनारी, धाः संग बज्ने अरु बाजा, धाः बाजा बजाइने तरीका, त्यसका नियम, धाः बाजामा बजाइने बोलहरु र धाः बाजा बजाइने प्रसंगलाई निपुण ढंगले प्रस्तुत गर्नु भएको छ । Staff Notation मा पनि बोलहरुलाई तिनका metre र tempo मा उतारी पश्चिमी संगीत सैली जान्नेहरुलाई पनि धाः बाजा बनाउन सम्भव पारिदिनु भएको छ । यचु शाक्यको प्रयास सफल, सराहनीय र प्रेरणादायी छ ।
Dhaa Bajanya Mhasika – Yachu Shakya
Reviews
There are no reviews yet