Devkumari Thapaka Kathaharu – Pramod Pradhan

देवकुमारी थापाका कथाहरू– प्रमोद प्रधान

490

Availability: 5 in stock

SKU: Devkumari Thapaka Kathaharu Categories: , Tags: ,

एकादशी, झझल्को र सेतो बिरालो कथासङ्ग्रह पहिलो चरण तथा भोकतृप्ति र प्रलय प्रतीक्षा दोस्रो चरणमा लेखिएका हुन् । टपरी विराटनगर आइसकेपछि प्रकाशित भए पनि यसमा भएका कथाहरूको परिवेश दार्जिलिङ नै रहेको देखिन्छ । विषयवस्तुका दृष्टिकोणले देवकुमारी थापाका कथाहरूलाई बालमनोवैज्ञानिक, मनोवैज्ञानिक, नारी समस्यामूलक, प्रणयप्रधान, सामाजिक, राष्ट्रिय संचेतनामूलकजस्ता हाँगामा वर्गीकरण गर्न सकिन्छ । उनका कथाहरूमा बालबालिकाको मात्र नभई नारीमनोविज्ञानको विशेष रूपमा र पुरुषमनोविज्ञानको सामान्य रूपमा यथार्थ चित्रण पाइन्छ । वास्तवमा उनका कथाहरू सामान्य घटनाबाट उठान गरिए पनि तिनले पात्र र परिवेशको चारित्रिक विशेषतालाई यथार्थपरक ढङ्गले पाठकको मन र मस्तिष्कमा प्रभाव पार्ने गर्छन् । आकारका दृष्टिले सम्भवतः नेपाली साहित्यमा सबैभन्दा छोटा कथा (लघुकथा होइन) लेख्ने उनी पहिलो कथाकार हुन् । तर आकार सानो भए पनि विषयवस्तुको गहनता, वैचारिक सुस्पष्टता, भाषिक सरसता, मनोवैज्ञानिक चित्रण, परिवेशको सहज प्रस्तुति र संवेदनाले उनका कथाहरू जीवन्त हुन पुगेका छन् । सामाजिक यथार्थको प्रस्तुतिका दृष्टिले पनि बेजोड बन्न पुगे उनका कथाहरू विचारका दृष्टिले पनि स्पष्ट रहेका छन् । कतिपय कथाहरू पढ्दा पाठकलाई कथा पढिरहेको नभई कुनै विचार पढिरहेको जस्तो पनि अनुभव हुन्छ ।

Devkumari Thapaka Kathaharu – Pramod Pradhan

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon