Cycle Saundarya – Taralal Shrestha

साइकल सौन्दर्य– तारालाल श्रेष्ठ

  • Year: 2082 BS
  • Edition: 1
  • 242 pages
  • Paperback

950

Availability: 5 in stock

SKU: Cycle Saundarya Categories: , Tag:

सबाल्टर्न अध्ययन अङ्ग्रेजी साहित्यमा विद्यावारिधि गरेका लेखकको यो पाँचौ कृति हो । यस पुस्तकका प्रत्येक पानामा ‘अटोइथ्नोग्राफिक’ वर्णन विधिबाट अभिव्यक्त अनुभूतिका अतिरिक्त साइकल समुदायका ‘सत्यकथा’ बुनिएका छन् । पुस्तक पढ्दा पढ्दै पारिस्थितिक प्रणालीसँगै सप्तरङ्गी साइकल संस्कृतिका गाथाभित्र पाठक वाचाल बन्ने छन्; अरूका कथासँगै आफ्ना कथा भन्ने छन्; सामूहिक सत्त्वभित्र मनोवैज्ञानिक शब्दबिम्बसँग रम्ने छन् ।
साइकल संस्कृतिसँग सम्बन्धित बहुआयामिक विषयवस्तु समेट्न लेखकले सीमित परिधि भन्दा पर पुगेर विश्वविद्यालयका विमर्शलाई साइकल समुदायसँग जोडेका छन् । ‘पेट पाल्न’ दैनिक साइकल प्रयोग गर्ने र ‘बोसो पगाल्न’ बेलाबखत पेडल पेल्ने विशिष्टतम विविधता बोकेका समुदायका मेचीदेखि महाकाली मात्र होइन मधेसदेखि मिथकीय हिमालसम्म छरपस्ट कथाहरूलाई एकठ्ठा गरेका छन् । कोही बाँच्छन् त केवल कथामा बाँच्छन् : कथामै हाँस्छन् अनि कथामै रून्छन् । पेडल पेल्दै, पढ्दै-लेख्दै लेखकले यस पुस्तकमा साइकल समुदायका साहसिक सत्यकथा मात्र अङ्गालेका छैनन्; साइकल साथीका नाजुकताबाट प्रस्फुटित सङ्कथनसमेत सङ्गालेका छन् ।
साइकल सौन्दर्यलाई ध्यान र ज्ञानको सङ्गम मान्ने मान्यता स्थापित गर्न लेखक अनुभव-अभियान – अनुसन्धान सन्दर्भसहित समर्पित भेटिन्छन् । साइकल समुदाय ‘विचारविहीन भीड’ भन्ने भाष्यलाई भत्काउन तथा साइकल साथीलाई ‘विचार बोकेका व्यक्तित्त्व’ बनाउन लेखक सङ्घर्षरत देखिन्छन् । पारस्परिक समग्रतामैत्री जीवन बाँच्न गतिशीलताको गहन महत्त्वबोध गराउने यो किताब सबैका लागि उत्तिकै उपयोगी छ ।

Weight 0.4 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon