अँ साँच्ची, हाम्रो विवाहपछिका वर्षहरू पनि धेरै हिँडिसकेछन् । दिनहरू कसरी दौडिए, पत्तै भएन। तर भगवान्को कृपाले सबै कुरा ठीकठाक छ । हामी दुवै जनाको कमाइले घरखर्च धान्न गाह्रो भएको छैन ।’ मैले सन्तुष्टिको लामो निःश्वास लिँदै ईश्वरलाई धन्यवाद दिएँ ।
नजिकैको बैठक कोठाबाट गल्याङमल्याङ हल्ला सुनियो । मेरो सोचाइको भग्नशृङ्खला उतातिर जोडियो । “आम्मै ! केटाकेटीहरू उठिसकेछन् ।” एकआपसबीच उनीहरूको खलबल चर्किंदै गइरहेको अब भने प्रस्ट भयो । अब त उठ्नैपर्ने भयो । मन नलागी नलागी उठेरै बैठक कोठातर्फ म हानिएँ ।
मेरो जागिरको द्वितीय वर्ष प्रवेशको दौरानमा CIDA परियोजनाद्वारा प्रायोजित ग्रामीण विकास तालिममा म छानिएर थाइल्यान्डको राजधानी बैङ्कक पुगे । तालिम अवधि जम्माजम्मी एक महिनाको थियो । प्रथम पटकको वैदेशिक सोपान मेरा लागि नौलो र उत्साहवर्द्धक थियो । तालिमका दिनहरू कम हुँदै…घट्दै गए । घर फर्किने दिन नजिकिँदै आयो । तर मेरो अनियन्त्रित बेचैनी बढ्दै गयो । घरमा… माइतमा … साथीहरूलाई के-के उपहार-कोसेली लगिदिने हो ? भन्ने चिन्तामा म अल्झिरहेको थिएँ ।
Comradeko Ghoda – Ramesh Jung Thapa
Comradeko Ghoda – Ramesh Jung Thapa
कामरेडको घोडा– रमेशजङ्ग थापा
₨425
Availability: 5 in stock
| Weight | 0.2 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.

Reviews
There are no reviews yet