तीन देश । दुई हजार किलोमिटर । ४५ दिन । अनि काठमाडौंदेखि कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्नाली नदीको उद्गमदेखि भारतको गङ्गासम्मको यात्रा । त्यो पनि हिँडेर गुडेर-बगेर गरिएको । हो, त्यही यात्राको अनुभूति हो, छालबाटो ।
तर यो पारम्परिक यात्रावृत्तान्तभन्दा पनि यात्रा गरिएका ठाउँको समाजशास्त्रीय अवलोकन हो, जहाँ जलवायुदेखि जङ्गलसम्म, बाँधदेखि बाघसम्म, दलाई लामादेखि दबिएका समुदायसम्मका सन्दर्भ अटाएका छन् ।र अटाएका छन्, एकातिर दुःखको पहाड बोकेर बसेका मानिस, अर्कोतिर विकासको भोकः नदी जोगाएर अन्य तरिकाले जीवनस्तर उकासौं भन्ने एउटा विचार अनि दुःख हटाउने औषधि नै जलविद्युत् हो भन्ने अर्को विश्वास र बीचमा रनभुल्लमा परेका स्थानीयः झुटको खेतीमा मस्त नेता; रसुवागढीको रेल सपना; कैलाश पर्वतको सेरोफेरो; तिब्बतमा रमाइरहेका मिङ्मार; हिल्सामा होमिएकी पेमा; भारीले थिचिएका धनवीर; छालबाटो कुदिरहेका काङ्ग्री; डुङ्गामा रम्ने मेघ; बर्दियामा बढेका बाघ; घाघराले उठीबास गराएका समुदायको पीडा र बनारस हुँदै बग्ने दुर्गन्धित गङ्गा ।
बिरलै गरिने यात्रालाई विषयगत विविधताको धागोले फरक शैलीमा उनिएको यो बिरलाकोटी पुस्तक हो ।
Chhalabato (Kailashdekhi Gangasamma) – Ramesh Bhusal
छालबाटो (कैलाशदेखि गङ्गासम्म)
- Year: 2081 BS
- Edition: 1
- 299 pages
- Hardback
US$8.90
Out of stock
Restock Email Notification
| Weight | 0.5 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.


Reviews
There are no reviews yet