15% Off
Sale!

Chhaalbato – Ramesh Bhusal

छालबाटो: कैलाशदेखि गङ्गासम्म

Original price was: ₨790.Current price is: ₨671.

Availability: 5 in stock

Chhaalbato – Ramesh Bhusal

तीन देश । दुई हजार किलोमिटर । ४५ दिन । अनि काठमाडौंदेखि कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्नाली नदीको उद्गमदेखि भारतको गङ्गासम्मको यात्रा । त्यो पनि हिँडेर-गुडेर-बगेर गरिएको । हो, त्यही यात्राको अनुभूति हो, छालबाटो ।

तर यो पारम्परिक यात्रावृत्तान्तभन्दा पनि यात्रा गरिएका ठाउँको समाजशास्त्रीय अवलोकन हो, जहाँ जलवायुदेखि जङ्गलसम्म, बाँधदेखि बाघसम्म, दलाई लामादेखि दबिएका समुदायसम्मका सन्दर्भ अटाएका छन् । र अटाएका छन्, एकातिर दुःखको पहाड बोकेर बसेका मानिस, अर्कोतिर विकासको भोक; नदी जोगाएर अन्य तरिकाले जीवनस्तर उकासौं भन्ने एउटा विचार अनि दुःख हटाउने औषधि नै जलविद्युत् हो भन्ने अर्को विश्वास र बीचमा रनभुल्लमा परेका स्थानीय; झुटको खेतीमा मस्त नेता; रसुवागढीको रेल सपना; कैलाश पर्वतको सेरोफेरो; तिब्बतमा रमाइरहेका मिङ्मार; हिल्सामा होमिएकी पेमा; भारीले थिचिएका धनवीर; छालबाटो कुदिरहेका काङ्ग्री; डुङ्गामा रम्ने मेघ; बर्दियामा बढेका बाघ; घाघराले उठीबास गराएका समुदायको पीडा र बनारस हुँदै बग्ने दुर्गन्धित गङ्गा ।

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon