“चेतनाको संसार…. एक उच्च चाख लाग्दो, केही छक्क लाग्दो र ज्ञानले भरिपूर्ण भएको पुस्तक हो । यस पुस्तकले विश्वका पुनर्जन्मसम्बन्धी आश्चर्यलाग्दो विश्वासहरू खास गरी जाति जनजातिको पुनर्जन्मसम्बन्धी विश्वासहरू समेटेको छ । हाँलाकी केही विषयहरूमा मेरा आफ्नै सोच छन्, तैपनि यो पुस्तकले यस विषय (पुनर्जन्म) मा एक प्राज्ञिक स्तरको ज्ञानलाई प्रतिनिधित्व गर्दछ ।
—
श्री श्रीकृष्ण गौतम, लेखक र नेपाल सरकारको पूर्व सचिव
विज्ञानले परीक्षणबाट आएका उपसंहारहरूलाई विश्वास गर्दछ । लेखक एक विज्ञान- क्षेत्रको भए पनि चेतनाका पहलुहरू र पुनर्जन्मसम्बन्धीको ज्ञानलाई अनुसन्धानात्मक माध्यम अपनाई चाखलाग्दो तरीकाले प्रस्तुत गर्नु हुन्छ । यो किताव पढ्दा यो विषयप्रति नयाँ सोच बढ्छ ।
–
प्रा.डा. लोक नारायण भा
भूपु अध्यक्ष, केन्द्रीय भौतिक शास्त्र विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर ।
जीवन चक्र, मृत्यु-जीवन र पुनर्जन्म आफैमा पूर्ण छ- जुन विषयहरू चरम विषम भए पनि पूर्ण छन् र पूर्ण योजनासहित संगठित छन् । प्रा.डा. मोहन खरेलले जीवनसम्बन्धीको प्राचीन दर्शनको सारलाई आधुनिक विज्ञानसँग मिलाएर नयाँ सोच दिनुभएको छ । लेखकले निकै गम्भीर ध्यान दिएर पहिलो पटक यो विषयको सोचलाई नयाँ उचाइ प्रदान गर्नु भएको छ जसमा प्राचीन आध्यात्मिक विज्ञान र आधुनिक विज्ञानको मिठो संयोजन भएको पाइन्छ ।
प्रा.डा रामेश्वर अधिकारी, केन्द्रीय रसायन शास्त्र विभाग, अध्यक्ष, विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर ।
यस पुस्तकबाट…
नत्र भने, चेतनाको अस्तित्व हुन किन जरुरी छ र ? चेतनाको उपस्थिति छैन भने पदार्थको अस्तित्व नै कहाँ हुन्छ र ? किनकि चेतनाको अनुपस्थितिमा पदार्थले आफै आफ्नो अस्तित्व देखाउन सक्दैन । बरु पदार्थ विहिन अवस्थामा चेतनाले ऊसँग नखेली वा अन्तर्क्रिया नगरी (मायावी संसारमा) चेतना नरमाउन सक्छ । यस्तो संयोगमा जीवआत्माले डि.एन.ए. वा भ्रूण भित्र बसी अन्तर्क्रिया गर्न चाहनु एउटा बलियो विकल्प हुन्छ जसले पुनर्जन्मको सम्भावनालाई निश्चितता प्रदान गर्दछ……. ।
Chetanako Sansar Ra Purnajanma – Mohan Kharel
Reviews
There are no reviews yet