कुनै एउटालाई जीवन दिँदा जति उज्यालोपनलाई आत्मसात् गर्न सकिन्छ त्यति उज्यालोलाई लाखौं-करोडौँको ज्यान लिँदा पनि आत्मसात् गर्न सकिँदैन ।’
यस्तै उद्धरणीय मर्मस्पर्शी कथनहरूले भरिपूर्ण छ यो उपन्यास । मानवताको महत्त्वलाई केन्द्रमा राखेर कथिएको यो उपन्यास हिंसाको टट्कारो विरोधमा उभिएको छ, विश्वमा ‘साहसी’ र ‘बहादुर’ भनेर चिनिने नेपालीलाई निस्स्वार्थी, शान्तिप्रेमी र करुणामयी जातिको रूपमा उभ्याएको छ ।
‘चपाइएका अनुहार सस्तो भावुकता र अनावश्यक वर्णनबाट पूर्णरूपले मुक्त छ । … ठाउँठाउँमा कुतुहलका छाँगाहरू र करुणाका मूलहरू भुलभुलिएकाले र कुलकुलिएकाले नितान्त मार्मिक भएको छ । शब्दहरू कुँदिएका र वाक्यहरू छिनोले झैं चिल्ल्याइएका छन् ।
Chapaiyaka Anuhar – Daulatabikram Bista
Reviews
There are no reviews yet