सन् १९४५, सेप्टेम्बर २४ मा इलामको बर्बोटेमा जन्मिएका लक्ष्मीनाथ शर्माले इतिहास विषयमा स्नातकोत्तर गरेका छन् भने भारतको पुनास्थित ‘फिल्म एन्ड् टेलिभिजन् इन्स्टिच्यूट्’ बाट ‘डिप्लोमा इन् सिनेमा’ गरे पछि उनी पूर्णरूपमा नेपाली फिल्म उद्योगमा समर्पित छन् । वि.सं. २०१६ मा “म बाहुनको छोरो हुँ” शीर्षकको व्यंग्यात्मक कविता प्रकाशित गरेका उनले विभिन्न चलचित्रमा पटकथा तथा सम्वाद लेखेका छन् भने बद्लिंदो आकाश, शान्तिदीप, मिलन, सारङ्गी, छोरीबुहारी, साथी, जीत, बरपीपल, बिद्रोही र भाइटीका जस्ता चलचित्रहरुको निर्देशन पनि गरेका छन् । पछिल्लो समयमा उनले चलचित्र सम्बन्धी लेखन तथा अध्यापन गर्ने कार्यलाई पनि निरन्तरता दिइरहेका छन् ।
Chalchitrakala – Laxminatha Sharma

Reviews
There are no reviews yet