Chakrabyuma Gorkha – Bhotu Singh Chhetri

चक्रव्यूहमा गोर्खा– भोटू सिंह छेत्री

1,100

Availability: 5 in stock

SKU: Chakrabyuma Gorkha Categories: , Tag:

१२ सयभन्दा बढ़ी शहीद। सयौँ बेपत्ता । र पनि अद्यावधि टुङ्गो नलागेको गोर्खाहरूको ‘राजनैतिक चिह्नारी’ को सङ्घर्ष। ब्रिटिशकालमै हिलमेन्स एसोसिएशनले चालेको चिह्नारीको पाइला प्रान्त परिषद् हुँदै गोरामुमो, गोजमुमोको पहलमा आएर अड़किन्छ । भारत-नेपाल शान्ति एवं मैत्री सन्धि, १९५०-को वितर्कित धारा ७ । ‘रेसिप्रोकल’को तर्क उठाउँदै भारतीय गणराज्यभित्र गोर्खा परिचयको शङ्खनाद गर्छन् सुवास घिसिङ। २२ अगस्त १९८८-मा उनले ‘ड्रप’ गरेको आन्दोलनले विमल गुरूडहरूको नेतृत्वको टेको पाउँछ। तर गुरूङ पनि घिसिङले थापेको दागोपापको ‘प्रो-भर्सन’ जीटीए थापेर थन्किन्छन् । एकातिर, कङ्ग्रेसी इन्द्रजीत खुल्लरहरूको झुक्याई। अर्कोतिर, भाजपाको ‘पर्मानेण्ट पोलिटिकल सल्युशन’को पहेलीको ललिपप । केन्द्रीय राजनीतिको क्याल्कुलेटिभ म्यानुपुलेशनको अङ्कुशे । डा. विधानचन्द्र रायको पालोदेखि चलेको ‘पपुलेसन-गेम’ अन्तर्गत गोर्खे समुदायलाई अल्पसङ्ख्यक पार्ने राज्य प्रायोजित कुचक्र। पहाड़का गाउँबस्तीमा होमस्टेको निहुँमा हतारिएर थोपिएको होटल-रेसर्ट अभियान। चियाकमानमा हुलिएको ‘टी-टुरिजम’। अप्राप्य विरल दस्तावेजीकरणहरूले लैस, लेखकको दुर्लभ व्यक्तिगत साक्षात् अनुभवहरूले सत्यापित। ब्रिटिशकालदेखि समकालीन विन्दुसम्मको फेहरिस्त । गोर्खाल्याण्डको विश्वस्त राजनैतिक दस्तावेजीकरण ‘चक्रव्यूहमा गोर्खा’। पहाड़को राजनीतिको रानीमासुमै पसेर काम गरेका भोटू सिंह छेत्री । यस बृहत् ग्रन्थमा छ केन्द्रीय सत्ता र राज्य सत्ताको साझा ‘चक्रव्यूह’-मा परिसकेको गोर्खा समुदायको राजनैतिक इतिहासको अथेण्टिक कथा। गोर्खाल्याण्ड आन्दोलनलाई नजिकबाट बुझ्न चाहने पाठक, शोधकर्ताहरूका लागि अति महत्त्वपूर्ण दस्तावेजी ग्रन्थ।
Chakrabyuma Gorkha – Bhotu Singh Chhetri

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    A World Without Email
    A World Without Email - Cal Newport
    Qty: 1
    Price: 1,120
    Remove
    Shop Ratna Online
    Right Menu Icon