पद र प्रतिष्ठाको अहम्ले मानिसलाई कहिलेकाहीं विवेकशून्य वा अविवेकी पनि बनाउँदो रहेछ । एउटाको अविवेकपूर्ण निर्णयले अर्को व्यक्ति अकारण प्रताडित हुने सम्भावना पनि हुँदोरहेछ । मानवीय मूल्य र मान्यताको कसीमा यस्तो स्थितिलाई जायज मान्न भने सकिँदैन ।
एउटा अशिक्षित भुइँमान्छे सत्य स्थापित भएकोमा खुसी थियो । अर्का ओहोदाधारी व्यक्ति भने आफ्नो अहम्मा चोट पुगेकोमा केही विचलित र आक्रोशित थियो । खुसी र आक्रोश, सन्तुष्टि र असन्तुष्टि मानवजन्य गुणको परिचायक नै हो ।
मानिसमा प्रेम, सद्भाव, सहानुभूति, प्रशंसा मात्र कहाँ हुन्छ र ? रिस, राग, द्वेष, ईर्ष्या, घृणाको पनि पुलिन्दा हो मानिस । जसमा जुनको मात्रा बढी हुन्छ त्यसैअनुसार चरित्र निर्माण हुने हो । अनि चरित्रअनुसार स्वभाव विकास हुने र स्वभावअनुरूपको आचरण व्यवहार हुने न हो ।
Brahmamurhat – Govindkumar Shrestha
ब्रह्ममुहूर्त– गोविन्दकुमार श्रेष्ठ
- Year: 2082 BS
- Edition: 1
- 264 pages
- Paperback
₨650
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet