BP Matrika Darabar ra Dilli – Kamal Koirala

वीपी, मातृका, दरबार र दिल्ली (ऐतिहासिक दस्तावेज र चिठीपत्रहरू)– कमल कोइराला

  • Year: 2082 BS
  • Edition: 1
  • 408 pages
  • Paperback

1,150

Availability: 5 in stock

SKU: BP Matrika Darabar ra Dilli Categories: , , Tag:

यो पुस्तक मातृकाप्रसाद कोइराला सत्तामा रहँदाको अवधि मात्र नभएर २००७ सालको क्रान्ति पूर्वदेखि २०१७ साल पछिसम्मको रोचक इतिहासको प्रारम्भिक श्रोतका रूपमा रहने
छ । इतिहासमा कुनै पनि घटना भएको विशेष समयावधि वा कालखण्डपछि सरकारहरूले सार्वजनिक पहुँच भन्दा माथि राखेका गोप्य सरकारी कागजातहरूलाई ‘डीक्लासिफाई गरेर सार्वजनिक गर्ने प्रचलन छ । नेपालमा अझै त्यो प्रचलन सुरूवात भएको छैन । यी पत्रहरू सार्वजनिक भइराख्दा क्लासिफाइड डकुमेन्टको आधारमा हेर्यो भने यो पुस्तकलाई न्याय हुन जान्छ । दोस्रो पटक मातृकाप्रसादको राजीनामा स्वीकृत गरेपछि राजदरबार सचिवालय मार्फत् मातृकाप्रसादसँग रहेका गोप्य सरकारी कागजात फिर्ता मागेको चिठ्ठी समेत यो पुस्तकमा संलग्न छ ।
एकातर्फ नयाँ राजालाई प्रधानमन्त्री मातृकाले विश्वास गर्न सकेका थिएनन् भने अर्कातर्फ राजा महेन्द्र सत्तामा एकाधिकार कायम गर्ने हतारोमा रहेकाले प्रधानमन्त्रीमाथि उनको भरोसा थिएन । यसरी दोहोरो अविश्वास विद्यमान भएको वातावरणमा दरबारले कागजात फिर्ता माग्ने परिस्थिति निर्माण हुँदा पनि मातृकाले ती कागजात फिर्ता गरेनन् । दरबारले कागजात फिर्ता माग्दा नदिएर मातृकाप्रसादले दरबारको अवज्ञा गरेको त्यो घटनाको सात दशकपछि यो पुस्तक छानिँदा इतिहासले उहाँको कदमलाई निश्चय पनि ठिक ठहराउनेछ । इतिहासमा झण्डै विलुप्त हुन पुगेका सामाग्री सार्वजनिक रेकर्डमा आउनाले अतितलाई बहुआयामिक दृष्टिकोणबाट हेर्न सिकाउँछ, नयाँ बहसहरू प्रारम्भ हुन्छन् र समग्रमा इतिहास नै धनी हुन पुग्छ ।

Weight 0.6 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon