Bijayaraj Acharyaka Balkritiharuko Adhyayan – Pramod Pradhan

विजयराज आचार्यका बालकृतिहरूको अध्ययन– प्रमोद प्रधान

500

Availability: 5 in stock

SKU: Bijayaraj Acharyaka Balkritiharuko Adhyayan Categories: , Tag:

माथिल्लो र आफ्नो पुस्तालाई बदल्न सकिँदैन । पहिलो पुस्ता आफू बदलिने भन्दा पनि अरुलाई आफूजस्तै बनाउन खोज्छ भने आफ्नो पुस्तासँग टक्कर वा प्रतिस्पर्धा मात्रै हुन्छ । भविष्यका अभिभावक भनेका बालबालिका हुन् । तिनीहरुलाई गहिरो प्रभाव छाड्ने साहित्य र फिल्म नै हुन् ।
– विजयराज आचार्य
प्रमोद प्रधान
प्रमोद प्रधान नेपाली साहित्यमा कविता, समालोचना र बालसाहित्यका क्षेत्रमा स्थापित नाम हो । साढे चार दशकभन्दा बढी समयदेखि साहित्य साधनामा समर्पित उनका चार कवितासङ्ग्रह, पाँच समालोचना ग्रन्थ र एक सन्दर्भसूचीका अतिरिक्त बालसाहित्यतर्फ २५ वटा कृति प्रकाशित भइसकेका छन् । २०२९ सालमा कविता प्रकाशित गरेर यात्रा थालेका उनको बालसाहित्यतर्फ बालकविता, बालकथा, चित्रकथा, जीवनी र अनुवाद विधाका कृति छापिएका छन् । यसबाहेक बालसाहित्यको अध्ययन र अनुसन्धानका क्षेत्रमा उनको अत्यन्त महत्वपूर्ण योगदान रहेको छ । नेपाली बालसाहित्यको इतिहास (समालोचनात्मक ग्रन्थ, २०५०, चौथो संस्करण २०७७), नेपाली बालवाङ्मय परिचयकोश (कृतिपरिचयकोश, २०६५), नेपाली बालसाहित्य सन्दर्भ सूची (२०७२), नेपाली बालवाङ्मय परिचयकोश २०६४-२०७० (२०७५) र विनय कसजू : योगदान र मूल्याङ्कन (समालोचनात्मक ग्रन्थ, २०७६) उनका यस्तै महत्वपूर्ण पुस्तक हुन् । उनको सम्पादनमा बालसाहित्यका अढाइ दर्जनभन्दा बढी कृति प्रकाशित भइसकेका छन् । प्रधान हाल बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष छन् ।
बालवाङ्मय तथा अनुसन्धान केन्द्र काठमाडौं
Bijayaraj Acharyaka Balkritiharuko Adhyayan – Pramod Pradhan

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon