कुनै-कुनै कथाव्यथा भोग्नेलाई मात्र होइन, देख्ने- सुन्नेलाई पनि सहन गाह्रो हुन्छ । यो नियतिको प्रहारले मरणासन्न बनेको निर्दोष भुइँमान्छेको त्यस्तै कथा हो, जसमाथि नियतिभन्दा ठूलो प्रहार मान्छेबाट हुन्छ । अझ भनौं, दैवीप्रकोप, बालश्रम, यौनशोषण र सामाजिक विभेदको मुक्का खाएर ढल्दा पनि सङ्घर्षको राँको बोकेर हिँडिरहेको हिम्मतिलो विपनको कथा हो ।
संसारमा अलौकिक प्रेम अझै मरेको छैन; विश्वास गर्न सकियो भने त्योभन्दा मजबुत अर्को खुसीको जीवन पनि छ भन्ने विषयलाई उपन्यासले आफ्नो मूल कथ्य बनाएको छ |
यो घटनाभित्रको घटना पनि हो । उपन्यास पढिरहँदा लाग्छ— जीवन मात्र एक्लो छ । यहाँ यस्ता पात्रहरूको कोलाज छ, जो कोही नभएर अनाथ त छन् नै, सबथोक भएर अनाथ बनिरहेका पनि यहीँ छन् ।
Bibishara – Chhabi Bairagi Ghimire
विविशारा– छवि वैरागी घिमिरे
- Year: 2082 BS
- Edition: 1
- 231 pages
- Paperback
₨599
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet