भूमिमा आधारित किसान र राज्यबीचका सम्बन्धका अनेक आयाम र सन्दर्भ समेटिएको पुस्तक भूमि, किसान र राज्य ।
नेपालको भूमि व्यवस्था तथा राज्य र किसानबीचका द्वन्द्व एवम् त्यसको ऐतिहासिक पृष्ठभूमि केलाइएको यस पुस्तकमा भूमिसँग जोडिएका आदिवासीहरूको अवस्था, भूमिमा अझै कायम सामन्ती सम्बन्धका अवशेषबारे स्थलगत रिपोर्ट समावेश गरिएको छ । यसमा नेपालमा भूमि अधिकारका लागि गरिएका आन्दोलन, भूमि र बसाइँसराइ, बसाइँसराइ र राज्य तथा किसानबीचको सङ्घर्ष, मधेसमा बसाइँसराइले सिर्जना गरेको द्वन्द्व, सरकारले भूमिसुधारका लागि गरेका प्रयास, सुकुमवासी समस्या र त्यसलाई समाधान गर्न सरकारले गठन गरेका पुनर्वास कम्पनी, सुकुमवासी आयोग तथा भूमि र दलितलगायत नेपालको भूमिसम्बन्धी धेरै पक्ष पनि समेटिएका छन् ।
नेपालको भूमि व्यवस्था, यसका समस्या तथा नेपाली अर्थतन्त्रको चरित्रबारे बुझ्न यो पुस्तक महत्त्वपूर्ण सन्दर्भसामग्री हुनेछ ।
Bhumi Kisan Ra Rajya – Jhalak Subedi
भूमि किसान र राज्य– झलक सुवेदी
- Year: 2073 BS
- Edition: 1
- 237 pages
- Paperback
₨675
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet