राणा दरबारका पटाङ्गिनीदेखि चोटा-कोठामा विभिन्न काममा खटाइएका सेवकहरू को हुन्थे ? कस्ता हुन्थे ? कसरी त्यहाँसम्म पुग्थे ? उनीहरूको काम के हुन्थ्यो ? उनीहरूसँग राणा शासकले गर्ने व्यवहार कस्ता हुन्थे ?
यस्ता प्रश्नहरूको सजीव जवाफ हो- भएका कुरा ।
वीरशमशेरदेखि चन्द्रशमशेरसम्मका राणा प्रधानमन्त्रीहरूको खोपीमा पुजारीका रूपमा सेवक भएका काशीनाथ आचार्य दीक्षितको यो संस्मरणात्मक कृतिले राजनीतिक घटनाका क्रम-उपक्रमबाट पर शासकहरूको व्यक्तिगत शैली र चरित्र चियाउनुका साथै राणा दरबारको इतिवृत्तान्त बताउँछ, जुन राणा शासनबारे लेखिएका थुप्रै पुस्तकहरूमा पाइँदैन । राणा शासकहरूको चासो र चिन्ता, एक-अर्कालाई गर्ने शङ्का र जासुसी, कठोर शासकीय छविपछाडि लुकेको असली अनुहार, तिनको ग्लानी, क्षोभ, त्रास र हैरानीको दृश्य-चित्र पनि यस पुस्तकमा छन् । दरबारका कुनाकाप्चामा चल्ने सेवकहरूको कानेखुसी, तिनीहरूबीचको खिचातानी, चुक्ली र चाकरीजस्ता गतिविधिको भोगाइको दस्तावेज पनि हो यो संस्मरण । साथै, धीरशमशेरको दरबारमा छिरेका मुड्खुका ब्राह्मण शिरोमणि आचार्यका पुत्र काशीनाथको यो संस्मरण दीक्षित परिवारको कथा पनि हो ।
Bhayeko Kura – Kashinatha Acharya Dixit
भएका कुरा– काशीनाथ आचार्य दीक्षित
- Year: 2081 BS
- Edition: 1
- 309 pages
- Paperback
₨800
Availability: 5 in stock
| Weight | 0.3 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.

Reviews
There are no reviews yet