| साहित्यकार केशव पुडासैनी ‘विमल’ एक हातमा राजनीतिको लगाम र अर्को हातमा साहित्यसिर्जनाको कलम लिएर हिँड्ने व्यक्तित्व हुन् । सरसर्ती पढ्दा यस कथा सङ्ग्रहका अधिकांश कथाहरुमा मानवतावादी भावनाहरु छताछुल्ल भएर पोखिएका पाइन्छन् । – श्रीहरि फुयाँल, सिरु ओडार, अमुक वादको लेन्सबाट नियाल्दा केशव पुडासैनी ‘विमल’का कथाहरुलाई कथ्यका खजाना खज्मजिएको फत्तुर नै किन नलागोस्, ‘भत्केको घर’ सङ्ग्रहमा सङ्ग्रहीत कथाहरू एकादेशको काल्पनिक किस्सा नभएर समरकालीन कालखण्डको सशक्त एवं जीवन्त हिस्सा बनेका छन, दु:खका दस्तावेज तथा सास्ती र शासनाका दर्पण बनेका छन् र सारमा अनगिन्ती भोगाइका आरसी बनेका छन् । |
Bhatkeko Ghar – Keshab Pudasaini

Reviews
There are no reviews yet