यो संसार बोल्नेहरूको मुट्ठीमा छ भन्ने नारालाई शिरोधार्य गर्दै विगत एक दशक भन्दा बढी समय देखि अनवरत भाषणकला, उद्घोषणकला, व्यक्तित्व तथा नेतृत्व विकास, समय तथा तनाव व्यवस्थापन लगायत विविध जीवन उपयोगी प्रशिक्षण सञ्चालन गर्दै आउनुभएका प्रशिक्षकको नाम हो, शङ्कर प्रधान । राष्ट्रिय तथा सामाजिक जीवनमा पृथक पहिचान निर्माण गर्न सफल व्यक्ति व्यक्तित्वहरूले प्रस्तुतिकलामा झेल्दै आएका समस्या तथा कठिनाइहरूलाई निराकरण गर्दै प्रभावशाली व्यक्तित्व तथा वक्तृत्व निर्माण कार्यमा उहाँको विशेष योगदान छ । बाल्य अवस्थादेखि नै सामाजिक, राजनीतिक तथा आध्यात्मिक वातावरणमा हुर्कदै अनेक सामाजिक गतिविधिहरूमा क्रियाशिल रहदै आवाज र कर्मको माध्यमले समाज रूपान्तरण गर्न सकिन्छ भन्ने उत्कट अभिलाषा र विश्वासका साथ अविरल वाक् सशक्तिकरणको अभियानमा उहाँ क्रियाशिल हुनुहुन्छ । आजको युग विज्ञान र प्रविधिको मात्र युग नभई विज्ञापन र प्रतिष्पर्धा समेतको युग भएकोले विज्ञापन र प्रतिष्पर्धामा खरो उत्रन समेत भाषण तथा उद्घोषणकला विधामा पारङ्गत हुनुपर्छ भन्ने मान्यता राखी प्रशिक्षार्थीहरूलाई व्यवहारिक प्रशिक्षण प्रदान गरी प्रस्तुतिकलामा निपुण बनाउने कार्यमा सक्रिय हुनुहुन्छ । मृदुभाषी, सरल भाषा र शैलीको प्रयोग, ऊर्जाशिल व्यक्तित्वका कारण उहाँ आज हजारौं व्यक्तिहरूको बीच लोकप्रिय प्रशिक्षकको रूपमा चिर परिचित हुनुहुन्छ । उहाँको यो पुस्तक सहित व्यक्तित्व तथा नेतृत्व विकास भन्ने पुस्तक बजारमा प्रकाशित छन् । सयौं नगर, वडा, सरकारी तथा गैरसरकारी संस्थाहरूका जुझारू व्यक्ति व्यक्तित्वहरूलाई प्रशिक्षित गरी सयौं संघसंस्था मार्फत सम्मानित हुनुभएको छ । उहाँको आगामी पुस्तक जीवन एक उत्सव प्रकाशनको तयारीमा रहेको छ । उहाँ ड्रिमप्वाइन्ट एजुकेशनल एण्ड ट्रेनिङ इन्स्टिच्युटको संस्थापक एवम् राष्ट्रिय प्रशिक्षक हुनुहुन्छ भने उहाँ मार्फत प्रशिक्षित प्रशिक्षार्थीहरू हजारौंको संख्यामा विभिन्न राजनीतिक, सामाजिक, आध्यात्मिक, व्यवसायिक, निजामती सेवा, कला आदि क्षेत्रमा सक्रिय हुनुहुन्छ । |
Bhashan Tatha Udghoshankala – Sankar Pradhan
Reviews
There are no reviews yet