Benju Sharmaka Kathaharu – Benju Sharma

बेन्वग शर्माका कथाहरू– बेन्जु शर्मा

US$1.80

Availability: 5 in stock

SKU: Benju Sharmaka Kathaharu Categories: , Tag:

डा. बेन्जु शर्माका यी कथाहरू ढोंगी, फटाहा, छली, झूटा कुटिल चरित्रहरूका मारमा परेका असल पात्रहरूको दुःखद स्थितिहरूको मनोदसाको प्रस्तुतीकरणले सशक्त बनेका छन् ।
आर्थिक अभावको चरमोत्कर्षको कष्टकर जीवन भोग्न बाध्य जनताको स्थिति, लैङ्गिक असमानता, प्रेमका विसङ्गत स्थितिहरूका चित्रण आदिले यी कथाहरु हृदयस्पर्शी भएका छन् । उहाँको कथावस्तुको छनौट र कथा शिल्पको जति प्रशंसा गरे पनि कम हुन जान्छ ।
मदनमणि दीक्षित
बेन्जु शर्मा कवितामा कथाभन्दा सशक्त लाग्नुहुन्छ र कथामा कविता भन्दा सशक्त हुनुहुन्छ । उहाँलाई पढ्दा पाठकले उहाँको यो प्रभावकारी शक्तिलाई अनुभव गरेरै हिँड्छ । प्रस्तुत संग्रहले नेपाली कथा साहित्यलाई निःसन्देह स्तरीय बाटोमा लगेको छ । प्रत्येक कथा, उहाँको, कथा- शक्तिको प्रवल परिचायक बनेको छ र यसले नेपाली कथा साहित्यमा पनि आफ्नो तीक्ष्ण र वेगवान् उपस्थिति जनाएको छ । यी कथाहरू आजको नेपाली समाजका जीवन्त तस्वीर हुन्, आधुनिक समाजमा समेत नारीको रुग्ण स्थिति विरुद्धका शक्तिशाली वकालत हुन् । यी कथाहरूमा चेतनाको उपल्लो स्तरमा पुगेका कथाहरूको अत्यन्त प्रभावकारी र कलात्मक चित्रण पाइन्छ । नेपाली साहित्यलाई बेन्जुको यो कथा संग्रह बलियो उपहार हो । कथालाई मोड दिने आकांक्षा साथ लेखिएका बेन्जुका धेरै कथाहरू नेपाली कथाका निधि हुन् ।
उहाँका यी कथाहरू उहाँको साधना र प्रतिभाको प्रखरताले अत्यन्त मौलिक र उत्कृष्ट बनेका छन् । बेन्जु शर्मा कथाकारको रूपमा, नेपाली कथाका उन्नायकहरूको अग्र-पक्तिमा पर्नुहुन्छ, आफ्नो निजत्व र समाजको मनोवैज्ञानिक सूक्ष्म कलात्मक प्रस्तुतिका कारण ।
Benju Sharmaka Kathaharu – Benju Sharma

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon