अन्तिम वैदिक साहित्य हो- वेदान्त ।
प्राचीन दार्शनिक-चिन्तन परम्पराका मूल तत्व ईश्वर, जीव, प्रकृति, सृष्टि, उत्पत्ति, जन्म, मृत्यु, मोक्ष, स्वर्ग, नर्क आदिका परम सत्य तथा प्राकृतिक सिद्धान्त र तिनका कारणहरूको व्याख्या गरिएको ग्रन्थ हो- वेदान्त विज्ञान । तत्वमीमांसा, ज्ञान एवम् तर्कमीमांसा र मूल्य एवम् आचारमीमांसाको आधारमा व्याख्या गरिएको वेदान्त दर्शन पूर्वीय दर्शनको त्यो विचारधारा हो, जसले ब्रह्माण्डलाई ब्रह्मद्वारा निर्मित ठान्दछ र ब्रह्म नित्य छ तथा वस्तुजगत् अनित्य छ भन्ने मान्यता राख्दछ । साथै ब्रह्मलाई सृष्टिको स्थिति, उत्पत्ति तथा प्रलयको कारण मान्दछ र आत्मालाई ब्रह्मको अंश ठान्दछ । मानिसको जीवनको अन्तिम उद्देश्य मुक्ति हो- जसलाई ज्ञानयोग, कर्मयोग, राजयोग एवम् भक्तियोगद्वारा प्राप्त गर्न सकिन्छ भन्ने दृष्टान्त वेदान्त दर्शनले प्रतिपादन गरेको छ ।
यिनै शास्त्रीय दृष्टान्त, प्रमाण एवम् स्वानुभूतिजन्य अनुभूतिबाट आलोकित भई खप्तडबाबाद्वारा लेखिएको ग्रन्थ हो- वेदान्त विज्ञान ।
Bedanta Bigyan – Khaptadbaba
वेदान्त विज्ञान– खप्तडबाबा
- Year: 2082 BS
- Edition: 1
- Paperback
₨555
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet