Baljhirahane Atit Aljhirahane Bartamaan – Taralal Shrestha

बल्झिरहने अतित अल्झिरहने वर्तमान – तारालाल श्रेष्ठ

425

Availability: 5 in stock

SKU: Baljhirahane Atit Aljhirahane Bartamaan - Taralal Shrestha Categories: , Tag:

अत्यन्तै गम्भीर विषय हुँदाहुँदै पनि दलितका मुद्दा प्राथमिकतामा नपारिएकै हो । दलित समुदायले गणतन्त्र स्थापना भइसक्दा पनि आत्मसम्मानपूर्वक बाँच्न पाइरहेका छैनन् । दलित प्रतिनिधित्वका कोणबाट ऐतिहासिक पहिलो संविधानसभा र अन्तरिम संविधान २०६३ ले दलितको मौलिक हक सम्बन्धी बेग्लै धारा खडा गरिसकेको सन्दर्भमा अब दलित विषयलाई राजनीतिक तथा प्राज्ञिक शक्तिको समायोजनमार्फत सशक्त ढङ्गले सम्बोधन गर्नुपर्छ भन्ने यस किताबको निचोड स्वागतयोग्य छ ।
डा. बाबुराम भट्टराई
शीर्षकले नै यस ग्रन्थको अन्तर्य बुझाउँछ । दलित समस्यालाई निरपेक्ष, सापेक्ष र भावरञ्जित भएर अध्ययनका बहुल प्रसङ्ग प्रयोग गर्दै सबाल्टर्न अध्ययनका अन्वेषक डा. तारालाल श्रेष्ठले हरदैनिकी तथा ऐतिहासिक विषयको समागम भएको अतिमहत्त्वपूर्ण दलित विषयमाथि प्राज्ञिक अध्ययन हुनुपर्छ भन्ने निष्कर्ष निकालेका छन् । यस ग्रन्थले त्यही प्राज्ञिक पठन-पाठनको खाँचोलाई राम्ररी पूरा गर्नेछ भन्ने मेरो विश्वास छ ।
प्रा. अभि सुवेदी
हिन्दु वर्चश्व रहेको नेपाली समाजमा दलित एउटा दलीखाने विषय थियो; त्यसपछि यो मागीखाने विषय बन्यो; आज यो लडीखाने विषय बन्न पुगेको छ र गरीखाने विषय बन्ने दिन आउन बाँकी छ । यो सात दशक लामो ‘अछूत’बाट प्रतिरोधी दलित बन्ने यात्रामा जे-जति काम भए तिनको गहिरो अध्ययन जरूरी थियो, त्यस काममा यस पुस्तकले सम्पन्न अध्याय थपेको छ भन्ने कुरामा मलाई कुनै शङ्का छैन ।
आहुति
यो किताब दलितका वस्तुगत कथाव्यथामा आधारित जीवित अनुभवको सङ्ग्रह हो । संस्मरणात्मक शैलीमा अनुसन्धानात्मक विषयलाई समेटेको यस पुस्तकमा लेखकले दलितका विविध पक्षको नालीबेली उतारेका छन् । यो सङ्ग्रह दलितलगायत आम उत्पीडित वर्ण, वर्ग र समुदायका वस्तुगत जीवन सङ्घर्षबारे जिज्ञासा राख्ने जुनसुकै पाठकका लागि अतिउपयोगी छ ।
प्रा. ओम गुरूङ
वर्णवादी सांस्कृतिक निर्धारणवादबाट उत्पीडित दलित समुदायलाई मूल विषयवस्तु बनाएर लेखिएको यो आजसम्मकै बहुआयामिक कृति हो । नेपालमा आजसम्म जात नै शक्ति, स्रोत, सङ्गठन र शासनको आधार रहेको र यसलाई भत्काउन बहुआयामिक माध्यम नै अपनाउनुपर्ने लेखकको ठहर रहेको छ; जुन जायज छ ।
डा. यामबहादुर किसान
Baljhirahane Atit Aljhirahane Bartamaan – Taralal Shrestha

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon