Baikuntha Express (Imprint) – Mohan Raj Sharma

वैकुण्ठ एक्सप्रेस– मोहनराज शर्मा

  • Year: 2082 BS
  • Edition: 2
  • 160 pages
  • Paperback

439

Availability: 5 in stock

SKU: Baikuntha Express (Imprint) Categories: , Tag:

वैकुण्ठ एक्सप्रेस’ नाटककार मोहनराज शर्माको त्यो नाट्यकृति हो, जसले वि.सं. २०४२ को मदन पुरस्कार पाउन सफल भएको थियो । मदन पुरस्कार पाउने अहिलेसम्मको एक मात्र नाट्यकृति पनि हो – वैकुण्ठ एक्सप्रेस’ ।
मोहनराज शर्मा बहुमुखी प्रतिभा भएका लेखक हुनुहुन्थ्यो । उहाँले सहित्यका धेरै विधामा कलम चलाउनुभएको पाइन्छ । जहाँसम्म नाटक विधाको कुरो छ-उहाँ यस विधाबारे गहिरो जानकारी राख्ने स्रष्टा हुनुहुन्थ्यो । नाट्य-मञ्च र रङ्गशिल्पबारेको उहाँको गहन ज्ञान हामी उहाँका नाटकहरूमा प्रतिफलित बनेको पाउँछौं । उहाँका नाटक मञ्चमा वा भनौं रङ्ग-प्रस्तुतिमा पुगेपछि अझ मुखर बन्ने गर्छन् । हुनलाई वैकुण्ठ एक्सप्रेस’ पाठ्य-नाटक (Closet Play) का रूपमा पनि उत्तिकै पठनीय साथै मनोरञ्जक रहेको छ तापनि मञ्च नाटकका रूपमा समेत यो उत्तिकै सबल र उपयुक्त छ । तर अहिलेसम्म वैकुण्ठ एक्सप्रेस नाटकमाथि नेपाली रङ्गकर्मीहरूको सुदृष्टि नपर्नु र यस्तो सशक्त नाटकको एकपटक पनि मञ्चन नहुनु भने विडम्बनापूर्ण छ ।
अभिव्यञ्जनावादी प्रयोगात्मक शिल्पमा संरचित नाटक वैकुण्ठ एक्सप्रेस’ नाटककार मोहनराज शर्माको एउटा उत्कृष्ट कृति हो भन्नेमा मलाई कुनै दुविधा छैन ।

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon