अभावका अनेक शृङ्खलासहित बाल्यकाल, किशोरवय र युवावस्थाको सपना र त्यसलाई पछ्याउन एउटा व्यक्तिले गरेको अनेक सङ्घर्षको आत्मकथात्मक प्रस्तुति हो- बादलमुनि बागलुङ ।
पुस्तक पढिरहँदा कतिपय ठाउँमा पाठकले आफ्नै कथाव्यथालाई अनुभूत गर्न सक्नुहुनेछ । अब के होला भन्ने जिज्ञासा र रोमाञ्चकतामा पाठकलाई अन्तिम पृष्ठसम्मै बाँध्न सक्ने सरल भाषाशैली, सहज शिल्प र रोचक प्रस्तुति यस पुस्तकको अर्को विशेषता हो ।
पुस्तकले पाठकलाई कथावाचकसँगसँगै उनको ग्राम्य जीवन, मोहक बालापन, स्वप्नशील किशोरवय र आँटिलो युवावस्थाका अनेक उतारचढावसित परिचित गराउँछ । र जीवनमा आँट, धैर्य र कर्मको महत्त्वलाई स्थापित गर्छ ।
Badalmuni Baglung – Bhim Neupane
बादलमुनि बागलुङ– भीम न्यौपाने
- Year: 2082 BS
- Edition: 1
- Paperback
₨795
Availability: 5 in stock
Weight | 0.4 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet