वृत्ति, स्थिति र उपलब्धिका हिसाबले मनुष्य मनुष्यबीच हजारौं हजार भिन्नता छन् । तर, खोजको दृष्टिकोणले सबै समान छन् । किनभने, यहाँ हरकोहीले खोजिरहेको तत्त्व एउटै हो- आनन्द । मात्र खोज्ने तरिका र बुझ्ने कोणमा फरक परेकाले आनन्द खोज्दा झन् बढी उल्झन र विषाद आइलाग्छ जीवनमा ।
यद्यपि, खोजलाई समुचित ढङ्गले ठीकठीक विधिका साथ अगाडि . बढाउन सके जो कसैको जीवनमा जुनसुकै परिस्थितिमा पनि आनन्द सम्भव छ । यही सत्यको आलोकमा विरचित छ यो पुस्तक – आनन्द संहिता ।
अत्यधिक रुचाइएको उत्प्रेरणादायी आख्यान निर्वाणका लेखक घनश्याम खड्काद्वारा सिर्जित गैरआख्यान यो उत्प्रेरक साहित्यको प्रत्येक अध्यायमा आनन्द प्राप्तिको सरल तर अद्भुत मीमांशासहित अन्त्यमा त्यसको प्रयोग गर्ने विधिसमेत छ । यही नै यो पुस्तकको विशेषता हो, जसले यसलाई अझै व्यावहारिक बनाएको छ । किनभने, यसले पाठक स्वयंलाई आफ्नो मनोचिकित्सक आफैँ बन्न सक्ने एक अद्वितीय अवसर उत्प्रेरणाका साथ प्रदान गरेको छ ।
त्यसैले, आनन्द चाहने हरेकलाई पुस्तक एक आत्मीय मार्गदर्शक बन्न पुग्छ । यही नै आनन्द संहिताको सौन्दर्य हो । र हो- शक्ति पनि ।
Ananda Samhita – Ghaynashyam Khadka
Ananda Samhita – Ghanshyam Khadka
आनन्द संहिता– धनश्याम खड्का
₨699
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet