०४६ सालको परिवर्तनपछि मुलुक चुनावमा जाने भयो । मतदाता नामावली सङ्कलन हुनुअगावै प्रधानले
पगलीको नाममा नागरिकता जारी गराइसकेका थिए । मतदाता नामावलीमा पनि नाम समावेस गरियो – देवकीदेवी हमाल । कृष्णको आमा देवकी नै थिइन् । त्यही भएर होला रामचन्द्र बाजेले पनि पगलीको नाम देवकीदेवी राखिदिएका थिए ।
त्यस बेलासम्म मुर्चुङ्गीमा कुनै हमाल थरका घर थिएनन् । बुढाहरू जान्दथे हमाल क्षेत्री थर हो। आफ्ना घरमा काम गर्न राखिएको मान्छे निचो जातको पनि बनाउनुभएन । त्यसैले प्रधान बाजेले पनि गाउँमा नभएको तर पानी चल्ने थर भिराइदिएका थिए पगलीलाई । गाउँका कसैसँग नमिल्ने थर राखिदिएपछि पगलीलाई दोजिया बनाएको बात परोक्ष रूपमा पनि कसैलाई लाग्ने थिएन ।
एक एक भोटको महत्त्व थियो गाउँमा । आफू चुनावमा नउठे पनि प्रधानले चाहेको उम्मेदवारलाई जिताउन वा हराउन सक्थे । त्यही निर्णायक मतहरूमध्ये एक बन्न पुगेकी थिई देवकीदेवी ।
Akathya – Prabin Khatiwada
Akathya – Prabin Khatiwada
अकथ्य– प्रवीण खतिवडा
₨350
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet