कवि ज्ञानेन्द्र खतिवडाको काव्यसमय उत्तरआधुनिक कालमा यसका सैद्धान्तिक र प्रायोगिक स्वरूप स्थापनाको प्रक्रियामाझ हुर्किएको छ। मौलिक रूपमा उत्तरआधुनिकतावादको प्रतिपादित सिद्धान्त तथा केन्द्रस्थ बनेका विविध सीमालाई समयानुकूल बनाउँदा कवि ज्ञानेन्द्र खतिवडाले अधिकाधिक सचेत कवितासाधनामा लाग्नुपरेको छ। आफ्नो परम्परा, प्रयोगवादी अभ्यासका सात भन्ज्याङ नाघेर काव्यको अर्कै शिखरमा उभिन आइपुग्न उनका पुस्ताको निम्ति चुनौती थियो। कवि खतिवडाका कविता साधनाले यस्तो जङ्घारलाई एउटा अभियानको रूपमा उत्साहपूर्वक तरेको देखिन्छ। उत्तरप्रयोगकालीन काव्यसमयको सङ्क्रमण अवस्थाबाट पार लगाएर नेपाली कवितालाई एक विशेष सार्विकताको काव्यभूगोल प्रदान गराउने कार्यमा कवि ज्ञानेन्द्र खतिवडाको अनन्य योगदान रहेको छ।
Aina Aghiltira – Gyanendra Khatiwada
Aina Aghiltira – Gyanendra Khatiwada
ऐना अघिल्तिर– ज्ञानेन्द्र खतिवडा
₨320
Availability: 5 in stock
Weight | 0.1 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet