Afnai Mato Afnai Bato – Namastelal Bhumi Shrestha

आफ्नै माटो आफ्नै बाटो– नमस्तेलाल भूमि श्रेष्ठ

250

Availability: 5 in stock

SKU: Afnai Mato Afnai Bato Categories: , Tag:

तनहुँको पुरानो सदरमुकाम बन्दीपुरमा करिब पाँच दशकअघि जन्मिएका नमस्तेलाल श्रेष्ठ युनिसेफ नेपालमा सरसफाइ विशेषज्ञका रूपमा सेवारत छन् । राजनीतिक मुद्दाले सदाबहार महत्त्व पाउने नेपाली समाजमा सरसफाइ र स्वास्थ्यका मुद्दालाई स्थापित गराउन श्रेष्ठ सङ्घर्षरत
छन् । वर्सेनि १३ हजार बालबालिकाको ज्यान लिने झाडापखाला राष्ट्रिय समस्या किटान गरी सरसफाइलाई राष्ट्रिय अभियानका रूपमा निरन्तर अघि बढाउनुपर्छ भन्ने मान्यता छ श्रेष्ठको । सरसफाइलाई कार्यक्रम होइन, क्रान्तिकै रूपमा अघि बढाउनुपर्छ भन्ने श्रेष्ठजस्ताकै अग्रसरतामा अहिले गाउँ-गाउँमा सरसफाइ अभियान चलिरहेको छ ।
सरसफाइमा नेपाललाई दक्षिण एसियाकै नमुना देश बनाउन सङ्कल्पित श्रेष्ठ सरसफाइकै कुरा सोच्छन्, सरसफाइकै कुरा बोल्छन्, सरसफाइकै कुरा लेख्छन् । त्यसैले नितान्त व्यक्तिगत संस्मरणका रूपमा लेखिएको यो किताब पनि सरसफाइकै सेरोफेरोमा छ । त्यसो त श्रेष्ठद्वारा लिखित सरुवा रोगबाट बच्ने उपाय, स्वस्थ जीवनका लागि सरसफाइ नाटकसँगालो निकै लोकप्रिय भएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिममा सहभागी श्रेष्ठले तालिमसम्बन्धी निर्देशिका र स्वास्थ्य सरसफाइ पुस्तकका साथै कविताहरू पनि लेखेका छन् ।
भारतको आगरा विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठले गृहजिल्ला तनहुँको शारदा शिक्षा सदनको प्रधानाध्यापकका रूपमा जागिरे जीवन सुरु गरेका हुन् । जागिरकै सिलसिलामा युनाइटेड मिसन टु नेपाल, अमेरिकन पिसकोर्स र लुथरन विश्व सेवाको फन्को मार्दै युनिसेफ नेपालमा आबद्ध श्रेष्ठले तालिम, गोष्ठी र निजी भ्रमणका क्रममा एसियाका भारत, बङ्गलादेश, पाकिस्तान, भुटान, म्यान्मार, थाइल्यान्ड, भियतनाम, चाइना र जापान, युरोपका नेदरल्यान्ड, फ्रान्स, इटाली, स्विडेन, जर्मनी, बेल्जियम र फिनल्यान्ड तथा अमेरिकाको भ्रमण गरेका छन् । उनी विदेशमा सिकेको ज्ञान गाउँ-गाउँमा पुऱ्याउन नेपालका पचहत्तरै जिल्ला पुगेका छन् ।

Afnai Mato Afnai Bato – Namastelal Bhumi Shrestha

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon