यो जीवन-चरित्र तयार गर्दा निकै अन्वेषण र गवेषणको काम भएको देखिन्छ, जसले गर्दा पनि भानुभक्तको र उनको जन्मस्थलको प्रचलित बौद्धिक वातावरणको विषयमा निकै जानकारी मिल्दछ । यसबाट आदिकविको स्वरूप विस्तृत र पूर्णतर रूपमा अवगत गर्न सहायता मिल्दछ । अर्थात् यो नयाँ जीवनचरितमा भानुभक्तलाई मोतीरामको भन्दा बढ्ता व्यापक पृष्ठभूमिमा उतारिएको छ ।
यदुनाथ खनाल (यसै पुस्तकबाट)
पं क नरनाथ आचार्य (वि.सं. १९६२ – २०४५) तनहुँ, चुँदी, तामाकोट, गण्डकी प्रदेश, नेपाल
‘आदिकवि भानुभक्तको सच्चा जीवन-चरित्र हेरें । यसका लेखक कविराज पं. नरनाथजी आदिकविका नाति पर्नुहुन्छ । नातिको पितामहप्रति हुनुपर्ने स्वाभाविक श्रद्धा मात्र यस रचनामा छैन, यसको अतिरिक्त एक विद्वान्बाट हामीले आशा गरिने निष्पक्ष दृष्टिकोण पनि पाउँछौं । अरूले जहाँबाट ऐतिहासिक सामग्री र किंवदन्ती प्राप्त गर्छन्, त्यही मूल स्थानबाट कविका वंशजले लेखेको यो जीवन-चरित्र निश्चय नै सच्चा जीवन-चरित्र होला भन्ने म विश्वास गर्दछु । माधव घिमिरे (यसै पुस्तकबाट)
Adikabi Bhanubhakta Acharyako Jiwancharitra – Pandit Kabiraj Naranatha Acharya
आदिकवि भानुृभक्त आचार्यको सच्चा जीवनचरित्र– पण्डित कविराज नरनाथ आचार्य
- Year: 2082 BS
- Edition: 1
- Hardback
₨900
Availability: 5 in stock
Weight | 0.5 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet