नेपालमा प्रजातन्त्र’ शीर्षकको कविता लेखेर नेपाली साहित्यमा प्रवेश गरेका चन्द्र मादेन आन्छन, हङकङमा रहेर केही चुनौती, चिन्ता र अनिश्चित भविष्यसँगै साहित्यलाई नजिकबाट नियाली रहेका स्रष्टा हुन् । ‘कुण्ठित मनका चीत्कारहरु (२०६८) कवितासङ्ग्रहपछि जीवन जगतका जाज्वल्यमान फलामे यथार्थ र मर्मान्त प्रताडनालाई ‘आन्छनका कथाहरु मार्फत लिएर आएका छन् । यस सङ्ग्रहमा दशवटा कथा रहेका छन् ।
समय र संयोगको बीचमा केही दूरी भएर होला, शारदीय घामले मौसममा थपेको न्यानोपनले निस्क्रिय बस्न लागेको घुमन्ते मान्छेलाई झकझक्याएर ब्यूँझाउँदो रहेछ । मानिस जहाँ पुगे पनि आफू जन्मेको भूमि, हुर्केको आँगन, त्यस भूमि र परिवेशको संस्कृति, संस्कार अनि भाषा भने बिर्सन सक्तैन रहेछ । सायद यसै होला कथाका पात्रले यी कुरा बोकेर आएका छन् । चन्द्रका कथा पढ्दा पाठकलाई साँच्चै लाग्छ- ‘कथा फगत कल्पना मात्र होइन । यथार्थ पनि पोखिन्छन् कथामा ।’ स्वयम् कथाकार कहीं प्रेमिल भएर देखिएका छन् भने कतै विद्रोही समेत बनेका छन् ।
कथा लेखन कलात्मक, सचेत एवम् जिम्मेवार कार्य हो । यस कार्यमा कथाकार चन्द्र मादेन आन्छनको यो अठोट, आँट, धैर्य र लगानी आगामी लेखनमा पनि उसैउसै गर्वानुभूतिले उचालिइरहून् ।
Aanchanka Kathaharu – Chandra Maden Aanchhan
Aanchanka Kathaharu – Chandra Maden Aanchhan
आन्छनका कथाहरू– चन्द्र मादेन आन्छन
₨365
Availability: 5 in stock
| Weight | 0.1 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.


Reviews
There are no reviews yet