Aama ra Logne – Ram Kunwar

आमा र लोग्ने– राम कुँवर

525

Availability: 5 in stock

SKU: Aama ra Logne Categories: , Tag:

सेतो चामलको भात खानका लागि दसैं-तिहार जस्ता पर्व कुर्नैपर्ने गाउँमा अचेल नयाँ चाड थपिएको छ। यार्सा चाड । कतिपय आइमाईहरूले त यही बेला तीजका कपडा, दसैं-तिहारका लागि कपडासमेत किन्ने गर्दछन् । पहिले-पहिले एक-डेढ वर्ष लाहुर गएर कमाइ ल्याउने पैसा अहिले एक डेढ महिनाको कीरा सिजनबाट ल्याउने गरेका छन् यहाँका मान्छेहरूले | अब नयाँ लाहुरको गन्तव्य भएको छ कीरा टिप्ने लेकहरू । पाटनहरू । हिउँ निख्रिएको हिमालका फेदहरू । गाउँमा उधारो लिनेदिने, भाका मिलाउने समय पनि फेरिएर कीरा टिप्ने समय भएको छ । धेरैजसो परिवारका लागि वर्षभरिको घरखर्च धान्ने माध्यम
यही कीरा व्यापार भएको छ । केही वर्षअघिसम्म चामल सेतो हुनपर्छ जस्तो भए पनि हुन्छ भन्ने गाउँलेहरू अहिले विभिन्न ब्रान्डका चामल खोज्न थालेका छन् । मोटा चामल, मसिनो चामल, बासमती चामल भन्न थालेका छन् । गाउँमा अब फाटेको र टालेको लगाउने चलन हराइसक्यो ।
‘आ… कति खाने यो कोदो, मकैको झोल पनि, खै ल्याऊ- ल्याऊ एउटा सिलबन्दी, खै ल्याऊ- ल्याऊ बियर ।’ भन्ने पुरूषहरूको सङ्ख्या पनि गाउँमा बढ्दै गएको छ । भट्टी पसलमा पनि उधारो यार्साकै नाममा पाइने गर्छ ।
Aama ra Logne – Ram Kunwar

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon