के बुद्धको जन्म र गृहत्यागका सम्बन्धमा उल्लेख भएका वर्णन विश्वसनीय छन् ? के बुद्ध जन्मिँदै अलौकिक र चामत्कारिक गुणले युक्त थिए ? विश्वप्रसिद्ध भारतीय बौद्ध भिक्षु तथा त्रिपिटक साहित्यका ज्ञाता डा. भदन्त आनन्द कौसल्यायन यी सबै कुरा बुद्धको मानवीय स्वरूपलाई अलौकिक बनाउने चेष्टा गर्दा बुद्धकालपछिका उनका अनुयायीले विकृत र अविश्वसनीय बनाएको तर्क गर्छन् । बुद्ध ऐतिहासिक व्यक्तित्व भएकाले उनका विषयमा लेखिएका यस्ता अपत्यारिला वर्णनलाई विवेकको चाल्नोले चाल्नुपर्ने लेखकको मत छ । सरल र रोचक प्रश्नोत्तर शैलीमा लेखिएको यस पुस्तकले बुद्धको जीवन, उनको धार्मिक मन्तव्य, बौद्ध धर्मका दार्शनिक अवधारणा, यसका व्यावहारिक पक्ष र बौद्ध धर्मको इतिहासका विषयमा सङ्क्षिप्तमा प्रामाणिक जानकारी दिन्छ ।
हिन्दी भाषामा लेखिएको यस पुस्तकलाई उमाकान्त पौड्यालले सरल र सुरुचिपूर्ण भाषाशैलीमा अनुवाद गरेका छन् । अनुवादकले आवश्यक प्रसङ्गमा त्रिपिटक र अन्य ग्रन्थका सन्दर्भ उल्लेख गरेर यसलाई थप प्रामाणिक बनाएका छन् । विषयवस्तु सहज र बोधगम्य बनाउन थप स्पष्टीकरण दिनुका साथै पुस्तकमा प्रयुक्त बौद्ध धर्मका पारिभाषिक शब्दको व्याख्या सरल भाषामा गरेका छन् ।
| यो पुस्तक बुद्धको व्यक्तित्व र बौद्ध धर्मका विविध पक्षमा सङ्क्षेपमा प्रामाणिक जानकारी चाहने पाठकका लागि अत्यन्त उपयोगी छ ।
Bouddha Dharma Ek Buddhibadi Adhyayan – Bhadanta Ananda Kausalyayan
बौद्ध धर्म एक बुद्धिवादी अध्ययन– भदन्त आनन्द कैसल्यायन
- Year: 2082 BS
- Edition: 1
- 156 pages
- Paperback
₨640
Availability: 5 in stock
| Weight | 0.2 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.

Reviews
There are no reviews yet