ग्रहको उपचार
ग्रह खराब छन् भने त्यसको उपचार कसरी गर्ने भन्नेबारेमा पनि पराशर, जैमिनी, भृगुआदि ऋषिहरूले मार्गनिर्देशन गरेका छन् । केही विधि यस्ता छन्ः
मांगलिक दोष हुनेले रक्तदान गर्नुपर्छ । आँक नामको वनस्पतिसँग जातकको र जातिका भए नारायण भगवानसँग विवाह गराउने चलन पनि छ । राहु-मंगल युति भएर हुने अंगारक दोषका लागि पनि रक्तदान नै उपचार हुनआउँछ। यस्ता कुण्डलीका धनीले ऋण नलिनू र आफ्ना नाममा घर नबनाउनू भनिएको छ ।
सूर्य-राहुको युति भएका व्यक्ति पिताबाट टाढा बस्नु आवश्यक छ ।
चन्द्रमा-राहु युतिमा आमाबाट टाढा बस्ने सुझाव दिइन्छ ।
राहु-बुधको युतिमा फुपूहरूसित आर्थिक लेनदेन नगर्नुहोला ।
गुरु-राहुको युति भएर बन्ने चाण्डाल योगमा अन्तरजातीय विवाह गर्नु लाभप्रद हुन्छ। यस्ता जातक/जातिकाले सापटी चलाउनु भने ठिक हुन्न । एकै राशिमा शुक्रसँग राहु बसेका व्यक्तिले दुर्घटनाप्रति चनाखो रहनुपर्छ। यस्तो कुण्डलीको पुरुषलाई महिलाले फसाउने सम्भावना पनि रहन्छ, सतर्क हुनुपर्छ ।
शनि-राहुको युतिबाट पिशाच योग बन्छ । यस्ता कुण्डलीवालाले जति अंकमा राहु छन्, त्यति किलोको घण्ट कुलदेवतालाई चढाउने, कुनै मन्दिरमा झुण्डाउने ।
कालसर्प दोष निवारणका लागि तीन पटकसम्म घरमै रुद्री पाठ गराउने ।
विधिपूर्वक संकल्प गरी गरिब दुखी – असहायको सेवा गर्दा, उनीहरूलाई भोजन-बस्त्रआदि दान-उपहार दिँदा पीडक ग्रह सहायक बन्न पुग्छन्।
Kundali Darpan – Bholanath Ghimire
कुण्डली दर्पण– भोलानाथ घिमिरे
- Year: 2082 BS
- Edition: 1
- 296 pages
- Paperback
₨450
Availability: 5 in stock
| Weight | 0.3 kg |
|---|---|
| Authors | |
| Language | |
| Publisher |
Only logged in customers who have purchased this product may leave a review.

Reviews
There are no reviews yet