Bhumika Sakiyapachi – Amod Bhattarai

भूमिका सकिएपछि– अमोद भट्टराई

  • Year: 2082 BS
  • Edition: 1
  • 161 pages
  • Paperback

395

Availability: 5 in stock

SKU: Bhumika Sakiyapachi Categories: , , Tag:

अन्तर्राष्ट्रिय कुरालाई उभ्याउने काम समाचार-पत्रजस्ता केही विषयको मात्र हो भन्ने ठान्नुहुँदैन । साहित्यकारले आफ्ना पाठकलाई आञ्चलिकताका कुनामा लगेर न्यानो तपाऊन् तर अन्तर्राष्ट्रिय फाँटमा लगेर खुला हावा खुवाउन पनि नबिर्सिऊन् । अन्तर्राष्ट्रिय समस्या आँखा चिम्लेर राष्ट्रियता वा आञ्चलिकताको अगेनामा जिउ तताएर बस्नमात्र हामी चाहँदैनौं । यस दृष्टिले भट्टराईका कथा उल्लेखनीय छन् । कृष्ण गौतम (वि.सं. २०४७)
यात्रा-साहित्य यथार्थको अनुकृति भए पनि आख्यानको रचना गरिन्छ । घरको दिक्क र मैलो पखाल्न यात्रा गरिन्छ भन्नेहरू छन् । घर चिन्न टाढा जानुपर्छ । यस्तो स्पन्दन केही वर्षपहिले प्रकाशित आफ्नै कवितामा यसरी लेखेको रहेछु– ‘भित्रमात्र बस्दा अब सिद्धिएछुजस्तो लाग्छ । बाहिर बस्दा टाँसिएर बसूँ कि त जस्तो लाग्छ ।’ अमोद भट्टराईका कथामा यस्तै स्पन्दनको नाट्यकरण भएको छ । प्रत्येक कथामा आफ्नो परिवेशलाई बुझ्न स्थान र समयको दूरीलाई आधार बनाइएको छ । टाढा गएपछि आफ्नो परिवेश सुन्दर देखिन्छ अथवा चुनौतीपूर्ण देखिन्छ । तर, अमोदले टाढा नगईकन टाढाको दृष्टिबाट कथा-रचना गरेका छन् ।
अभि सुवेदी (वि.सं. २०५१)
आजको विश्वमा नेपाली कथाकारले नेपाल र नेपालीका कथामात्र लेखेर पुग्दैन | हामी एक राष्ट्रमा नबाँधिएर विश्व- गाउँका नागरिक भएका छौं । विश्वको कुनै पनि कुनामा भएको सानुतिनो घटनाले हामीलाई घाउ लगाउँछ । हामीले विश्वकै कथा लेख्नुपर्छ । – नेपाली कथा-साहित्यमा यसप्रकारका विषयवस्तु आएका थिएनन् र छैनन् । यी कथा नेपाल र नेपालीका मात्र होइनन्, समग्र विश्वकै हुन् ।
परशु प्रधान (वि.सं. २०६१)

Weight 0.1 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon