Peniba – Suresh Yakso

पेनिबा– सुरेश यक्सो

  • Year: 2082 BS
  • Edition: 1
  • 156 pages
  • Hardback

399

Availability: 5 in stock

SKU: Peniba Categories: , Tag:

सीमित पात्र र घटनाहरूमार्फत चरित्र चित्रण गर्ने लोकप्रिय विधा हो, कथा । कथाको मुख्य काम पात्रहरूमार्फत कथाकारको विचारलाई स्थापित गर्नु हो । ती विचार पहिल्यै कथाकारसँग हुन्छ, त्यसलाई शैली र कलाको प्रयोगबाट पाठकसम्म सम्प्रेषण गरिन्छ । यसरी आफ्ना विचारहरूलाई पाठकसम्म पुऱ्याउने उपयुक्त माध्यमको खोजीमा सुरेश यक्सोले पनि कथा विधा रोजेका छन् । उनीसँग आफ्नै धरातल, परिवेश, अनुभव, अनुभूति र सिकाइ छ । ती अनुभव, अनुभूतिबाट निर्माण भएका विचारहरू ‘पेनिबा’ कथासङ्ग्रहमा स्पष्टसँग प्रकट भएका छन् । ‘लेखकको आत्महत्या’ जस्ता दार्शनिक विचारदेखि ‘नयाँ जुत्ता’ जस्ता मनोवैज्ञानिक कथालेखनमा उनी खरो उत्रिएका छन् । उनका कथाहरू पढिरहँदा उनको वैचारिक विराटतालाई हामी महसुस गर्न सक्छौँ । उनका कथाहरूमा परदेशी नोस्टाल्जिया मात्र होइन, आदर्श प्रेमका मानकहरूमाथि पनि तिखो प्रश्न गरिएका छन् । सधैँ उस्तै भावभङ्गीका कथा पढ्दापढ्दा मोनोटोनस भएका पाठकहरूले सुरेशका कथाहरूमा नौलो स्वाद भेट्टाउने छन् । पाठकलाई पठनसँग जोडिरहन्छ । यो नै कथाको शक्ति हो । यसका लागि कथाकार सुरेश यक्सोलाई हार्दिक बधाई छ |

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is empty
    Shop Ratna Online
    Right Menu Icon