बीसौं शताब्दीका एक प्रख्यात अमेरिकी कवि, कथाकार तथा उपन्यासकार भ्लादिमिर नाबोकोभको तेस्रो अङ्ग्रेजी उपन्यास हो लोलिता । विवाद र चर्चाको शिखरमा पुगेको यो उपन्यास सन् १९५५ मा प्रकाशित भएको थियो । लोलिताको प्रकाशन र प्रसिद्धिपछि उनले विश्वविद्यालयको शिक्षण पेशालाई छाडेर पूरै समय साहित्यिक कार्यका लागि दिने निर्णय गरेका थिए ।
सामाजिक रूपमा अस्वीकार्य सम्बन्धको व्याख्या गर्दै लेखिएको यस उपन्यासमा हम्बर्टको आफ्नी झड्केली छोरीप्रतिको यौन उत्तेजक भावको व्याख्या गरिएको छ । यसमा एउटी तेह्र वर्षकी किशोरी र एउटा बूढो प्राध्यापकबीचको सम्बन्ध वास्तवमै अचम्म लाग्दो रूपमा प्रस्तुत गरिएको छ ।
लोलिताले त्यतिबेला यूरोपेली र अमेरिकी समाजमा खुल्दै गएको यौनवादी समाजको बिहानीको झल्को दिएको छ ।
संसारभर करोडौं प्रति बिक्री भइसकेको विवादास्पद उपन्यास लोलिता सर्वाधिक चर्चित भए पनि नोबेल पुरस्कार भने पाउन सकेन ।
Lolita (Bookwell) – Devendra Nepali
लोलिता– देबेन्द्र नेपाली
- Year: 2077 BS
- Edition: 3
- 215 pages
- Paperback
₨275
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet