बि. सं. २०१९ साउन १५ मा इलामको आइतबारे बजारमा माता इन्दिरादेवी अधिकारी र पिता गोपिनाथ अधिकारीको काँइला सुपुत्रको रूपमा जन्मिनु भएका युबराज अधिकारी एक अब्बल कवि तथा गीतकार हुनुहुन्छ । पन्ध्र / सोह्र वर्षको उमेरमै मेरा चित्कारहरू नामक कविता संग्रह प्रकाशन गरेर साहित्यिक यात्राको औपचारिक शुभारम्भ गर्नु भएका अधिकारीको देउरालीको फूल नामक गीति एल्बम समेत प्रकाशित छ ।
उहाँले २०३९ ताका साहित्यिक पत्रिकाको र २०४५ तिर साहित्यिक पत्रकार संघको मुखपत्रको रूपमा प्रकाशित हुने सिर्जनाको पनि सम्पादन गर्नु भएको थियो । अन्तर्राष्ट्रिय साहित्य समाज र गीतकार संघका आजीवन सदस्य अधिकारीले विभिन्न पुरस्कार/सम्मानहरू हासिल गर्नुका साथै विभिन्न पत्रपत्रिकामा उहाँका दर्जनौं लेख/ साहित्यिक रचनाहरू प्रकाशित छन् । तीन दशक भन्दा लामो समय राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा सेवा गर्नुभएका अधिकारी हाल सोही संस्थाको कार्यकारी अध्यक्ष हुनुहुन्छ । किशोरावस्थामै चारपाते युवा क्लब आइतबारेको अध्यक्ष भएर समाजसेवा पनि गर्नुभएका अधिकारी काव्य सिर्जनाको माध्यमबाट सर्वदा मुलुकको हित अभिवृद्धिको निम्ति आवाज सघन बनाउँदै आउनु भएका एकजना अथक सर्जक हुनुहुन्छ ।
Yuddha Yudhha Nai Huncha – Yubaraj Adhikari
युद्ध युद्ध नै हुन्छ– युबराज अधिकारी
- Year: 2082 BS
- Edition: 1
- 68 pages
- Hardback
₨499
Availability: 5 in stock
Weight | 0.2 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet