पर्या साहित्य केवल प्रकृतिको वर्णन वा त्यसको सौन्दर्यको प्रशंसा गर्ने माध्यम मात्र होइन; यो प्रकृति र मानवबीचको सूक्ष्म सम्बन्धको विश्लेषण गर्ने एक सशक्त साहित्यिक विधा हो । यस विधाभित्र नारीवादी पर्यावरण चेतना (पर्या-नारीवाद), परिवृत्तीय दृष्टिकोण, प्राकृतिक सौन्दर्यको बहुआयाम, ग्राम्यता र शहरीकरणबीचको द्वन्द्व, जल-जमिन-वायु प्रदूषण, जलवायु परिवर्तनको चुनौती, जैविक विविधतामा संकट, वन्यजन्तुको चोरी-शिकारी, र वनस्पति-जनावर-मानवबीचको जटिल अन्तरसम्बन्ध जस्ता विषयहरूलाई समेटिएको हुन्छ ।
त्यस्तै, आदिवासी समुदायको प्रकृतिसँगको आत्मीय सम्बन्ध, धर्मशास्त्रहरूमा निहित पर्यावरण चेतना (पर्याध्यात्म), र विकासको नाममा भइरहेका वातावरणीय क्षयका विविध पाटाहरू समेत यस विधाको केन्द्रीय चिन्तन हुन् ।
यस पर्या निबन्धसंग्रहमा यिनै बहुआयामिक विषयवस्तुलाई पाठकको संवेदनामा स्पर्श गर्न सक्ने गरी, गहिरो अनुभूति र साहित्यिक सौन्दर्यसहित प्रस्तुत गरिएको छ ।
Pratham Nepali Parya Nibandha Sangraha – Govindaraj Bhattarai; Bijaya Hitan
प्रथम नेपाली पर्या निबन्ध सङ्ग्रह– गोविन्दराज भट्टराई, विजय हितान
- Year: 2082 BS
- Edition: 1
- 516 pages
- Paperback
₨750
Availability: 5 in stock
Weight | 0.4 kg |
---|---|
Authors | |
Language | |
Publisher |
Only logged in customers who have purchased this product may leave a review.
Reviews
There are no reviews yet