घुरको धुवाँ’- सुचर्चित साहित्यिक पत्रकार तथा रेडियोकर्मी राजेश खनालको सुरम्य सृजन-सृजन । कृतिभरि खनालका स्मृतिबिम्बहरूको ‘पथार’ पाइन्छ । त्यस पथारमा हामी गाउँले पृष्ठभूमिका सबैले आफूलाई पाउँछौं । यसभित्रका सबैजसो निबन्धका तन्तुहरू जोडिने केन्द्रस्थल भलुवाही र मेरो गाउँ बस्तीपुरको चाल, चरित्र, चहक दुरुस्त मिल्ने भएर पनि होला मलाई किताबभरि मेरै कुरा लेखिएजस्तो लाग्छ ।
“अहो, यो कुरा मैले किन लेखिन हुँला !” जुनै प्रसङ्ग पढ्यो, यस्तै लाग्छ । अनि आफैप्रति चुकचुकाउँदै राजेशजीप्रति ईर्ष्यालु हुन्छु । शायद मभित्रको यही भाव लेखकको सबैभन्दा ठूलो प्रभाव र सफलता हो ।
सङ्ग्रहको प्रमुख वैशिष्ट्य यसको आञ्चलिकता हो । निबन्धहरूमा मिथिला-मधेशको सोच, शैली, संवेदनाको सुन्दर समन्वय पाइन्छ । कुनै कुशल लोककलाकारले कोरेजस्तो–अल्हड र आकर्षक । कतिपय लेखकले आफ्ना सृजनालाई व्याप्ति दिन कनी-कनी आञ्चलिक बनाएको पनि देखिन्छ । तर राजेशजीको सृजनाको जग नै आञ्चलिकतामा ठडिएको छ । कृत्रिमताबाट सर्वथा मुक्त- शुद्ध, सात्विक, स्वाभाविक । साँच्चै भन्ने हो भने धेरैजसो मैथिली कृतिहरूमा समेत मिथिलाको जनजीवन र चिन्तनको यो यति गहन स्वत्व र स्वाद पाउन गाह्रो हुन्छ । यस अर्थमा यसलाई नेपाली ढाँचामा लेखिएको मैथिली कृति भन्दा पनि फरक पर्दैन ।
Ghurko Dhuwa – Rajesha Khanal
Reviews
There are no reviews yet