Prakriti (Sahaastitwako Khoji) – Himalal Shrestha, Roshan Sherchan

प्रकृति सहअस्तितवको खोजी– रोशल शेचचन, हिमलाल श्रेष्ठ

549

Availability: 5 in stock

SKU: Prakriti (Sahaastitwako Khoji) Categories: , Tag:

पर्यावरणीय संकट र जलवायु परिवर्तन विश्वकै प्रमुख चुनौती बनिरहेका वेला २७ वन तथा वातावरणकर्मीहरूको लेखसँगालो प्रकृतिः सहअस्तित्वको खोजी अत्यन्त सान्दर्भिक बनेको छ | वनकर्मीहरूले वन विज्ञान अध्ययन संस्थान, अन्य विश्वविद्यालयमा अध्ययन गर्दा वा ग्राजुएट भएपछि देशी तथा विदेशी संस्थामा काम गर्दा सँगालेका तीतामीठा र विस्मयका अनुभवहरू पुस्तकमा लिपिबद्ध गरिएको छ । अनुभूतिपरक संस्मरणहरूको यस सँगालो वनकर्मीहरूको पहिलो सृजनात्मक प्रयास हो । पुस्तकको मूल सन्देश छः मानवकेन्द्रित विश्वदृष्टिकोणले पर्यावरणलाई तहसनहस गरेकाले अबको आवश्यकता पर्यावरणकेन्द्रित विश्वदृष्टिकोण हो ।
पुस्तकले विविध विषयमा बोलेको छ- वन व्यवस्थापन, पर्यावरणीय संकट, वन्यजन्तुसम्बन्धी अनुसन्धान, संरक्षित क्षेत्र, आदिवासी ज्ञानपरम्परा, वन अध्यापन र प्रशासन, जलवायु परिवर्तन, सार्वजनिक बसयात्रा, जलाधार व्यवस्थापन, लैंगिक विषय, समावेशी र दिगो विकास अनि घरपालुवा प्राणी । अनकन्टार वनजंगल, दुर्गम हिमाली भेग, भिन्न सामाजिक तथा सांस्कृतिक परिवेशमा काम गर्दाका कठिनाइ, दुःख पीडा, उल्लास र स्थानीय समुदाय र आदिवासी जनजातिबाट प्राप्त सहयोगलाई सम्झेर लेखकहरू नोस्टालजिक बनेका छन् । साथै प्रकृति संरक्षणजस्तो ऐतिहासिक जिम्मेवारीको सानो भए पनि अंश हुन पाएकोमा कृतज्ञ भएका छन् । सरल भाषाशैलीले पुस्तक पठनीय बनेको छ । साथै पर्यावरणीय साहित्यको क्षेत्रमा पनि यसको योगदान रहने अपेक्षा गरिएको छ |

Prakriti (Sahaastitwako Khoji) – Roshan Sherchan, Himalal Shrestha

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

3
    3
    Your Cart
    Lifes Mysteries
    Life's Mysteries - Osho
    Qty: 1
    Price: 480
    Remove
    Energize Your Mind
    Remove
    Shop Ratna Online
    Right Menu Icon