Karmabir Sherbahadur Gurung – Karmabir Serbahadur Gurun

कर्मवीर शेरबहादुर गुरुङ – कर्मवीर सेरबहादुर गुरुन

  • Karmabir Sherbahadur Gurung
  • Karmabir Serbahadur Gurun
  • Self Publication
  • Nepali
  • 333 pages

350

Availability: 5 in stock

SKU: Karmabir Sherbahadur Gurung (RBD) Categories: , Tag:

फट्याइँ, चतुऱ्याइँ गर्न नजान्ने, सोझो मान्छे बाबा इमान्दारीपूर्वक जिन्दगीभर राजनीतिमा सक्रिय हुनुभयो । मन्त्री भएर झण्डा हल्लाउने उहाँको आकांक्षा भने अधुरै रह्यो। बाबाको मन्त्री पदप्रतिको आशक्ति देख्दा मलाई कस्तो कस्तो लाग्ने गर्थ्यो । जब-जब आफ्नै आँखा अगाडि उमेर र स्वास्थ्यले साथ नदिएको र पदको स्वाद चाखिसकेकाहरू फेरि-फेरि त्यही पदका लागि जीवनमा कमाएको सम्पूर्ण मान-प्रतिष्ठा र राष्ट्रिय हितलाई समेत तिलाञ्जली दिएर निर्लज्जता साथ लागिपरेको देख्छु। बाबाको मन्त्री बन्ने आशक्ति त केही पनि होइन रहेछ।
ETE
पण्डित भोजराजको वंशावली तत्कालीन गुरुङ राज्यका शक्तिशाली भारदारहरूलाई हात लिई नयाँ स्थापना गरिएको ठकुरी राजालाई बलियो बनाउने र गुरुङ जातिको एकतालाई टुक्र्याएर दुर्बल बनाउने उद्देश्यले रचिएको कथा हो भन्न सकिन्छ । उनले रचेको कथामा हिन्दुहरूमा भएको वर्णाश्रमको गन्ध पाइन्छ। त्यसमा विभेदकारी तथा भ्रमका कुरा गुरुङ समुदायमा थोपरेर विभाजन ल्याउने दुश्प्रयास देखिन्छ। उद्देश्य हो, फुटाउनु अनि राज गर्नु । शिक्षा र चेतनाको अभाव भएको गुरुङ समुदायमा राज्यद्वारा जबर्जस्ती लादिएको त्यसले गुरुङ समाजलाई भ्रमित मात्र बनाएन विषाक्त वातावरण सिर्जना गरायो।
गुरुङहरूको पूर्वज दक्षिण होइन उत्तरतर्फ जोडिएको मान्यता र विश्वासलाई डा. टेकबहादुर गुरुङको पिएचडी शोधग्रन्थका लागि गरिएको विभिन्न स्थानमा रहेका गुरुङहरूको डिएनए परीक्षणले तथ्य उजागर गर्दै प्रमाणित गरिदिएको छ। आधुनिक शिक्षाले ल्याएको सचेतनाले त्यसबेला रचिएको षडयन्त्रको पनि पर्दाफास भएको छ।
Karmabir Sherbahadur Gurung – Karmabir Serbahadur Gurun

Weight 0.3 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

4
    4
    Your Cart
    Kariya
    Kariya - Krishna Abiral
    Qty: 1
    Price: 445
    Remove
    Yahadekhi Tyahasamma
    Remove
    The Everyday Hero Manifesto
    Remove
    Shop Ratna Online
    Right Menu Icon