सन् १९९१ मा सोभियत संघको विघटन भएपछि विश्व कम्युनिस्ट आन्दोलनमा संकट आएको थियो । त्यसपछि विश्वभरि त्यसको समाधान खोज्ने प्रयत्नहरु भए । नेपालमा पनि त्यस्ता प्रयत्नहरु भएका थिए । ती प्रयत्नहरुमध्ये एउटा थियो”मार्क्सवाद अध्ययन-अनुसन्धान प्रतिष्ठान” को स्थापना । यो प्रतिष्ठान अन्तर्गत चार विषयहरूमा व्यापक अध्ययन-अनुसन्धान गरिएको थियो । ती विषयहरू थिए- दर्शन, विज्ञान, इतिहास र मार्क्सवाद । ती अध्ययन-अनुसन्धान गरिएका विषयहरुमा लामो समयसम्म कक्षाहरु पनि सञ्चालन गरिएको थियो । ती कक्षाहरुमा सहभागी साथीहरुले व्यवस्थित रुपमा नोटहरु तयार गर्नुभएको थियो । ती अध्ययन-अनुसन्धानबाट प्राप्त तथ्यहरू र निष्कर्षहरु तथा कक्षाहरुमा सहभागी साथीहरूले तयार गर्नुभएको नोटहरुको आधारमा “वैज्ञानिक समाजवादको रोडम्याप” शीर्षकको पुस्तक तयार गरिएको छ । यो पुस्तकले समाजवादको यात्रामा विगतको समीक्षा, वर्तमानको विश्लेषण र भविष्यको योजना अगाडि सारेको छ । त्यसकारण यसले अब समाजवादको निर्माण गर्नको लागि मार्गदर्शन गर्नसक्छ भन्ने अपेक्षा गरिएको छ । यो पुस्तक तयार गर्नेक्रममा आफूले बनाएका नोटहरु उपलब्ध गराएर अमूल्य योगदान गर्नुभएकोमा डा. कुम्भराज जोसी, शिव फुयाँल, प्रदीप सुनुवार, दलबहादुर बी.सी., सुदर्शन विक्रम कार्की र हरिराम रिमालप्रति हामी विशेष आभार व्यक्त गर्दछौं । त्यसैगरी पुस्तक तयार गरेर विशेष योगदान गर्नुहुने सम्पूर्ण महानुभावहरुप्रति हार्दिक आभार प्रकट गर्दछौं । – प्रकाशक |
Baigyanik Samajbadko Roadmap – Ramesha Sunuwar;Rajkumar Shrestha
Reviews
There are no reviews yet