Tate Mau Syal – San Sichhi

ताते मऊ स्याल – सान सिछी

  • Tate Mau Syal
  • San Sichhi
  • Makalu Prakashan
  • Nepali
  • 188 pages

550

Availability: 5 in stock

SKU: Tate Mau Syal (RBD) Categories: , Tag:
सर्वाधिक लोकप्रिय प्रस्तुत पुस्तक चीनका प्रसिद्ध पशुकथा साहित्यका लेखक सान
सिछीले लेख्नुभएको हो । टाटे माउस्याल शीर्षकको यस कथामा लेखकले मानिस र स्यालका बिचमा हुने निकै दुर्लभ र अनौठो सम्बन्धको चर्चा गर्नुभएको छ। विक्षत वदना माउस्याल र ढाडमा सुनौला धर्सा हुने उनको हाँच अर्थात सुनकाँधे स्याल निकै नै दुर्भल प्रजातिको जन्तु हो । तर, कष्टप्रद जीवन धान्न वाध्य छ। आमरूपमा यस प्रजातिप्रति मानिसको गलत बुझाई र घृणाका कारण यो प्रजाति ओझलमा पर्दैगएको देखिन्छ । यसमाथि पनि गाउँकै शिकारी छम्पाले यिनको छाउरा कुटिलतापूर्वक समाउन सफल भएपछि यी छाउरा देखाएर लोभ्याँउदै, छक्याँउदै उसले त्यस गाउँमा रहेको सम्पूर्ण सुनकाँधे स्यालको प्रजातिलाई नै निर्मूल गर्ने प्रयास गरेको देखिन्छ । टाटे स्याल र उनको परिवारको ठूलो हाँचको गुण र सहयोगको प्रतिकूल नै गाउँलेहरू यी स्याललाई गाउँबाटै सदालाई भगाउन चाहन्थे । अन्त्यमा आफ्नो जीवन सङ्कटमा परेको देखेर यो प्रजातिको स्यालको हाँच आफ्नो प्रिय वासस्थान छाडेर भाग्न बाध्य भयो। तर यी स्याल यहाँबाट भागेपछि गाउँलेहरूले सोचेको जस्तो यो गाउँ स्वर्गमा परिणत भएन । बरु यिनको अभावमा हरियो र सुन्दर घाँसेमैदान दिनदिनै उजाड र सुख्खा हुनथाल्यो । यसले गर्दा गाउँको सिङ्गै समुदायको अस्तित्व नै महासंकटमा पर्न लागेको देखियो । यसैले गाउँको पुरानो वैभवमय अस्तित्व र साख फर्काउन छम्पा शिकारी अब यी सुनकाँधे स्याललाई जहाँबाट भए पनि फेरि खोजेर फर्काउन बाध्य भयो।
बालसाहित्यका वरिष्ठ लेखक सान सिछी आफ्ना जन्तु जनावर विषयका बालउपन्यास लेखनका लागि ज्यादै प्रसिद्ध छन् । यस विधाका चिनियाँ लेखकमा सान सिछीलाई नै राजा मानिन्छ। यसो त उनलाई धेरै सम्मान र पदक आदि प्रदान गरिएको छ ; चिनियाँ लेखक सङ्घबाट प्रदान हुने विशिष्ठ बालसाहित्य राष्ट्रिय पुरस्कार नै उनलाई तीनपटक प्रदान भइसकेको छ। उनले चिनियाँ पुस्तक पुरस्कार धेरैपटक जितिसकेका छन् । उनका धेरै कृतिहरू मध्य पनि प्रमुख कृतिहरूमा आमा ब्वाँसोको गौरवशाली सपना र सातओटा शिकारी कुकुर आदि ज्यादै प्रसिद्ध छन् । प्रस्तुत टाटे माउस्यालले पनि तेह्रौं चिनियाँ पुस्तक पुरस्कार जितिसकेको छ। उनी चीनको संघाइमा बस्तछन् ।

Tate Mau Syal – San Sichhi

Weight 0.5 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

1
    1
    Your Cart
    Feri Sundarijal
    Remove
    Shop Ratna Online
    Right Menu Icon