Yugsandhi – Bijaya Chalise

युगसन्धि– विजय चालिसे

550

Availability: 5 in stock

SKU: Yugsandhi Categories: , Tags: ,

“हेर
लोपा, नारी भएर समाज विपरीत जाने धृष्टता गर्नुहुन्न । पुरुष र विशेष गरी पतिको पाइलामा पाइला मिलाएर चल्नु नै स्त्री जातिको सनातन धर्म हो । हाम्रो गौरवशाली आर्य धर्म र दर्शनको प्रचार प्रसारका निमित्त रक्तशुद्धि अति जरुरी छ । तिम्रो मत मान्ने हो भने समाजमा अनाचार र अधर्म बढ्दै जान्छ । त्यसैले यो हठ त्यागिदेऊ !” अगस्त्यले सम्झाउन खोजे ।
“हे ऋषिदेव ! नारी र पुरुष समाजरूपी रथका दुई पाङ्ग्रा हो । यसको अर्थ नारीले आफ्नो स्वतन्त्र चिन्तन त्याग्नुपर्छ भन्ने त होइन होला ? अनि महान् आर्य सभ्यताको विकास र विस्तार जातीय सङ्कुचनबाट सम्भव छैन । यसले त मानव मानवबीच आर्य-अनार्य, एक र अर्को सभ्यताका नाउँमा द्वन्द्व र अशान्ति मात्रै बढ्न जान्छ । यस विपरीत रक्त सम्मिलनले आपसमा समन्वय ल्याएर आर्य सभ्यतालाई अरु व्यापक बनाउन सहयोग गर्नेछ ।” अगस्त्यपत्नी लोपामुद्रा आर्य-अनार्यका बीच रक्त सम्मिलनका माध्यमबाट जातीय सम्मिलन हुन सके मात्रै यस पवित्र हिमाली क्षेत्रमा शान्ति कायम हुन सक्छ भन्ने मान्यता राख्दथिन् । उनी घोषित रूपमै रक्त सम्मिश्रण र जातीय सम्मिलनको पक्षमा थिइन् ।

Yugsandhi – Bijaya Chalise

Weight 0.2 kg
Authors

Language

Publisher

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.

0
    0
    Your Cart
    Your cart is emptyReturn to Shop
    Shop Ratna Online
    Right Menu Icon